
Actress Barsha Raut | Malati Mangale
फिल्म निर्माण टिमले एक कार्यक्रमको आयोजना गर्दै ‘मालती मंगले’को ट्रेलर सार्वजनिक गरेको छ। कार्यक्रममा Bijay Baral, Barsha Raut र Mexam Gaudel सहित निर्माता तथा गायक Ram Krishna Dhakal, निर्देशक Praku Pandey र कार्यकारी निर्माता सागर ज्ञवालीको उपस्थिति रहेको थियो।
सार्वजनिक ट्रेलरले फिल्मलाई पूर्ण रूपमा पारिवारिक र सामाजिक कथामा आधारित रहेको देखाएको छ। मालती (वर्षा राउत) र मंगले (विजय बराल) बीचको प्रेम, त्यसमा आउने उतारचढाव र पारिवारिक द्वन्द्वलाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको छ।
ट्रेलरमा मेक्सम गौडेललाई हरि नामक नेगेटिभ भूमिकामा देखाइएको छ। साथै, साथीभाइबीचको सम्बन्ध, विश्वास र त्यसमा आउने उतारचढावलाई पनि कथा भित्र समेटिएको छ।
‘मालती मंगले’ को मर्मस्पर्शी ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्
छोरा–छोरीबीच समाजमा हुने विभेदलाई पनि फिल्मले उठाएको छ। “नाक फुटेको मात्र देखिस्, नाक काटेको देखिनस्” भन्ने संवादले समाजमा ‘इज्जत’को नाममा लुकाइने सत्यलाई गहिरो रूपमा प्रस्तुत गर्छ।
ट्रेलरमा फिल्मका चर्चित गीतहरू ‘झ्याम पारम’ र ‘सुनैको सपनी’का झलकहरू पनि समावेश छन्, जसले फिल्मप्रति थप उत्सुकता बढाएको छ।
रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टसँगको सहकार्यमा निर्माण भएको फिल्मको कथा निर्देशक प्रकु पाण्डेयले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंले तयार पारेका छन्।
फिल्ममा प्रकाश घिमिरे, सरिता गिरी, नरिन थापा, मान्सु सापकोटा, सुस्मा निरौला, सुनिल तामाङ लगायत कलाकारहरूको अभिनय रहेको छ।
‘मालती मंगले’ले वैशाख २५ बाट दर्शकलाई पारिवारिक मनोरञ्जन दिने अपेक्षा गरिएको छ।
यो पनि पढ्नुहोस्:
लोक फ्लेभरमा ‘मितज्यू’को गीत रिलिज, सौगात र दयाहाङको दमदार नृत्य
