रिबन इन्टरटेनमेन्ट प्रालिले कलेज पढ्दै गरेका किशोरीहरुबिचको सौन्दर्य प्रतियोगिता कलेज डिभा अफ द इयर २०१५ आयोजना गर्ने भएको छ। गत वर्ष फेश अफ द इयर, चिल्ड्रेन अफ द इयर र मिस टीन अफ द इयरजस्ता विभिन्न उमेर समूहको सौन्दर्य र प्रतिभा प्रदर्शनी प्रतियोगिता आयोजना गरिसकेको आयोजकले आगामी चैत १२ गते राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा डिभा अफ द इयर आयोजना गर्न लागेको हो। प्रतियोगितामा विभिन्न कलेजमा अध्ययनरत १७ किशोरीले स्पर्धा गर्ने आयोजक संस्थाका कार्यकारी निर्देशक निशु झाले जानकारी गराएका छन्।

प्रतियोगितामा सहभागी किशोरीहरुका लागि विभिन्न विषयका विज्ञहरुबाट एक महिना लामो मास फेसिङ, व्यक्तित्व विकास र आत्मविश्वास, नेतृत्व क्षमता र विकास, जीवन शैली र कला, लागू पदार्थ र अपराधविरुद्धको चेतना, बाल र महिला अधिकारी, सकरात्मक सोचको विकास, पर्यटनको विकास, क्याटवकजस्ता विविध विषयको प्रशिक्षण तथा तालिम प्रदान गरिरहेको झाले बताए। उनका अनुसार स्पर्धीहरुले महिला र सामाजिक सेवासम्बन्धी विभिन्न संघ संस्थाको भ्रमण गरेर ज्ञानसमेत बटुलीरहेका छन्। आगामी चैत ७ गते ट्यालेन्ट राउन्ड हुने प्रतियोगिताको कोरियोग्राफी अश्वीनी झाले गर्दै छन्।
होम » फेशन / प्याजेन्ट » कलेज डिभा अफ द इयर २०१५ मा १७ किशोरीहरुको प्रतिस्पर्धा
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
क्यान्सर जितेकी डली गुरुङ दशकौँ पुरानो मोडलिङ यात्रापछि बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको कोलोन क्यान्सर जितेकी डलीले आगामी अक्टोबरमा हुने ‘मिसेस...
मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, विवाहित र गैरआवासीय नेपाली महिलाले पनि भाग लिन पाउने
ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। सेप्टेम्बर ६ मा हुने फिनालेका लागि विवाहित, अविवाहित र गैरआवासीय नेपाली...
इन्टरनेशनल फेसन विक, भियतनाममा चार नेपाली बालप्रतिभाको प्रस्तुति
किड्स किङ एन्ड क्विन नेपाल २०२६ का चार विजेताले भियतनामको राजधानी हानोईमा आयोजित अन्तर्राष्ट्रिय फेसन कार्यक्रममा नेपाली प्रतिभा र संस्कृति प्रस्तुत गरेका छन्।
मिस सुप्रानेसनल २०२६ मा नेपाललाई प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान
मिस सुप्रानेसनल नेपाल २०२६ पूर्णिमा कार्की अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन्। प्रतियोगिताको फाइनल जुलाई ३१...
हङकङकी दीपमाला ढकाल, आमाको अधुरो सपना बोकेर मिस नेपाल २०२६ को दौडमा
मिस नेपाल २०२६ की प्रतिस्पर्धी दीपमाला ढकालको यात्रा भावनात्मक बनेको छ। सन् १९९४ मा उनकी आमाले मिस नेपालमा पाएको १७ नम्बर नै यसपटक दीपमालालाई परेको छ। उनी मिस...
सभ्या महर्जनले जितिन् ‘मिसेस ग्लोबल नेपाल २०२६’ साथमा ट्यालेन्ट र बेस्टड्रेस उपाधि
काठमाडौंको गोंगबुकी सब्या महर्जन मिसेस ग्लोबल नेपाल २०२६ घोषित भएकी छन्। उनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस उपाधि पनि जितेकी छन्। अब उनी भियतनामको हनोईमा हुने...
रोजमेरी थिङले जितिन् ग्राण्ड एसईई उपाधि, आदित्य श्रेष्ठ बने फर्स्ट रनरअप
रोजमेरी थिङले ग्राण्ड एसईई पेजेन्टको मुख्य उपाधिसँगै मोस्ट पपुलर, मिस पर्सनालिटी, मोस्ट ट्यालेन्टेड र बेस्ट ड्रेस अवार्ड जितिन। आदित्य श्रेष्ठ फर्स्ट रनरअप...
आना गुरुङले जितिन् नेक्स्ट फेस पेजेन्ट, फर्स्ट रनरअप बने पासाङ गोले
आना गुरुङले आत्मविश्वास र आकर्षक प्रस्तुतिका साथ नेक्स्ट फेस पेजेन्टको उपाधि जितिन् भने पासाङ गोले फर्स्ट रनरअप बने। सिल्भर स्टार इन्टरटेनमेन्टको आयोजनामा...
मिस नेपाल २०२६ को दौड रोचक बन्दै, अडिसनमा ७८ प्रतिस्पर्धी, पाँच निर्णायक घोषणा
मिस नेपाल २०२६ को यात्रा नयाँ चरणमा प्रवेश गरेको छ। देशभरका अडिसनमा ७८ प्रतिस्पर्धी सहभागी भएका छन् भने द हिडन ट्रेजरले निर्णायक मण्डल पनि घोषणा गरेको छ।
मिस्टर एन्ड मिस एसईई सुपर मोडल २०२६ मा सौरभ र आर्यना विजेता
मिस्टर एन्ड मिस एसईई सुपर मोडल २०२६ मा प्रतिभा, आत्मविश्वास र फेसनलाई एउटै स्टेजमा प्रस्तुत गर्दै सौरभ सिटौला र आर्यना सिंहलाई मुख्य विजेता बने।
मिथिला संस्कृति र महिला सशक्तीकरणलाई जोड्दै हुँदैछ ‘मिस मिथिलानारी नेपाल २०२६’
मिथिला संस्कृति, भाषा र महिला सशक्तीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘मिस मिथिलानारी नेपाल २०२६’ आयोजना हुने भएको छ। ‘द ब्युटी अफ मिथिला’ नारासहित हुने...
Man of the World 2026 मा नेपालको प्रतिनिधित्व गर्न प्रकाश चौहान फिलिपिन्स प्रस्थान
अन्तर्राष्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता Man of the World 2026 मा नेपालको प्रतिनिधित्व गर्न Man of the World 2025 विजेता प्रकाश चौहान फिलिपिन्स प्रस्थान...

