एक दिनको अन्तरमा मिसेस नेपाल र प्लस टु आइकन


काठमाडौं । अल नेपाल पब्लिकेशनले राजधानीमा दुई उमेर र वर्गका लागि एक दिनको फरकमा ‘मिसेस नेपाल आइकन २०१५’ र ‘प्लस टु आइकन २०१५’ को आयोजना गर्ने भएको छ । पब्लिकेशनले आगामी साउन २१ गते ‘मिसेस नेपाल आइकन २०१५’ र साउन २० गते ‘प्लस टु आइकन २०१५’ को आयोजना गर्न लागेको हो । दुवै प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुनेछ ।
Miss Plus 2‘मिसेस नेपाल आइकन २०१५’ मा राजधानी र मोफसलका विभिन्न सहरमा विभिन्न पेशामा रहेका विवाहित महिलाहरु तथा गृहिणी आमा सुन्दरीहरुले यो प्रतियोगितामा सहभागिता जनाउनेछन् । प्रतियोगितामा सुनिता रौनियार, शान्ता लामा, रुपा चापागाई, प्रविना शर्मा, प्रमिला भट्टराई धमला, सुजता काफ्ले शाह, टीना महर्जन शाही, सुष्मा पाण्डे शाही, सुनिता हमाल थापा, स्मृती राई, उज्वला थापा, जेनिशा सापकोटा थापा, स्मृता कार्की भट्टराई, अनु खड्का बस्नेत, सिल्पा श्रेष्ठ, मञ्जु कार्की, विद्या लक्ष्मी श्रेष्ठ महर्जन, प्रशन्ना श्रेष्ठ, प्रमिला चण्डी श्रेष्ठ, वर्षा शर्मा, क्षितिजा श्रेष्ठ, प्रकृति कोइराला, एनिमा ढुंगाना, चन्द्रा लिम्बु, यमुना दुलाल, कल्पना गिरी, शर्मीला श्रेष्ठ, प्रमिला केसी बस्नेत, अन्जु राई राना, सीम्रन आचार्य तुलाधर, पासाङ डोल्मा चापागाई र विनीता दाहाल गरी ३२ जना आमा सुन्दरीहरुले उपाधिका लागि प्रतिष्पर्धा गर्दैछन् ।

यस्तै राजधानी र मोफसलका विभिन्न कलेजमा प्सल टुमा अध्ययनरत किशोरीहरुको सहभागिता रहने ‘मिस प्लस टु आइकन २०१५’ मा १६ सुन्दरीले स्पर्धा गर्दैछन् । प्रतियोगितामा आयुशा श्रेष्ठ, रोबीना श्रेष्ठ, मेरी सुनुवार, सजीना भण्डारी, सीमा श्रेष्ठ, अप्सरा सुवेदी, ज्योति बासकोटा, सृजना पुजारी, प्रस्ना कर्ण, बर्षा ओली, साक्षी पोख्रेल, अविना थापा, नेहा भट्टराई, अलिशा राउत, स्नेहा केसी र प्राप्ति गिरी भिड्दैछन् ।

Mrs Icon

आयोजक संस्थाका प्रबन्ध निर्देशक लब कार्कीका अनुसार दुबै प्रतियोगिताका प्रतिस्पर्धीहरुलाई विभिन्न विधाका विज्ञहरुद्धारा नयाँ वानेश्वरस्थित होटल रानी महलमा व्यक्तित्व विकास, समय ब्यवस्थापन, नेतृत्व क्षमता अभिवद्धि, स्वास्थ्य सचेतना, जुम्बा, चित्रकला, टेवल म्यानर, सेल्फ मेकअप, आम सञ्चार, महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षण लिईरहेका छन् ।

शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरीयोग्राफीमा सम्पन्न हुने दुबै प्रतियोगिताबाट प्रमूख विजेताका साथमा फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनर्सअप चयन गरिने पनि कार्कीले बताए । उनका अनुसार शीर्ष उपाधिबाहेक वेष्ट क्याटवक, मिस ट्यालेन्ट, मिस फोटोजेनिक, वेष्ट आर्टवर्क, वेष्ट पर्सनालिटी, मष्ट एक्टिभ, सोसियली रेष्पोन्सीबल, वेष्ट फिजीक, वेष्ट हेयर, वेष्ट स्कीन, मष्ट पपुलर, फेसबुक च्वाईस, मिस कन्जिनियालीटी, मष्ट फ्रेण्डलीजस्ता विधागत अवार्ड पनि प्रदान गरिनेछ ।