काठमाडौं । पुराना एक्सन नायक शिव श्रेष्ठ र महानायक राजेश हमालको द्वन्द्व सायदै त कुनै पनि फिल्ममा छैन । तर दुई करोड बजेटको लगानीमा बनेको फिल्म ‘बाग्मती’मा भने यी दुई स्टारको द्वन्द्वलाई दर्शकले हेर्न पाउने भएका छन् । निकै गोप्य रुपमा छायांकन गरिएको यो फिल्मको सार्वजनिक तस्वीरमा यी दुई कलाकारको द्वन्द्वलाई पनि देखाइएको छ ।
सन्नी (केरला) को लेखन तथा निर्देशन रहेको फिल्म भारतभर प्रदर्शनका लागि सम्झौता गरिएको छ । भारतको केरलास्थित हरिश कुमार एमके र फिल्म निर्माण कम्पनी ट्री इन्टरटेन्टमेन्ट प्रालिबीच फिल्म भारतभर प्रचारप्रसार एवं प्रदर्शन गर्नका लागि लिखित सम्झौतासमेत भएको छ । सम्झौतामा फिल्मका तर्फबाट कार्यकारी निर्माता अनिश नपित र वितरकको तर्फबाट हरिश कुमारले हस्ताक्षर गरेका छन् ।
फिल्मलाई भारतभर रिलिजका मलायलम, तमिल, कन्नड, तेलुगु, ओलिया, बंगाली, भोजपुरी, हिन्दी, गुजराति, पञ्जाबी, मराठि, काश्मीर लगायत भाषामा फिल्म डबिङ हुनेछ । फिल्मलाई ट्री इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो । फिल्मका निर्माता दिनेश दर्शनधारी र विजय सत्याल हुन् ।
फिल्मको पोष्ट प्रोडक्शनको लागि मात्रै पचास लाख भन्दा बढी खर्च हुने निर्माता अनिश नापितले जानकारी दिनुभयो । फिल्ममा राजेश हमाल, शिव श्रेष्ठ, कञ्चन ठकुरी, केकी अधिकारी, ध्रुब कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
होम » फिल्मी न्युज / गसिप » बाग्मतीमा राजेश र शिवको फाइट(फोटोफिचर)
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
‘टक्सिक’को गीत ‘तबाही’ भिडियोमा यश र कियारा आडवाणीको बोल्ड दृश्यले मच्चायो तहल्का
“तबाही”मा यश र कियारा आडवाणीको बोल्ड रोमान्स देखिएको छ भने तारा सुतारियाको छोटो उपस्थितिले फिल्मको सम्बन्धबारे कौतुहल बढाएको छ।
बालेन सरकारलाई राजेश हमालको सन्देश : भाषण होइन, जनताले परिणाम र सुशासन खोजेका छन्
अभिनेता राजेश हमालले बालेन शाह नेतृत्वको सरकारको पहिलो सय दिनमाथि टिप्पणी गर्दै जनताले भाषण र घोषणाभन्दा जवाफदेहिता, रोजगारी, न्याय र सुशासन खोजिरहेको बताएका...
धिरेन शाक्यदेखि सुमन कोइरालासम्म, ‘तिरिमिरी झ्याइँ’ले दर्शकलाई कति हँसाउँला?
पूर्णतया हास्यव्यङ्ग्य शैलीमा बन्न लागेको नेपाली चलचित्र ‘तिरिमिरी झ्याइँ’को शुभ मुहूर्त गरिएको छ। फिल्मबाट ‘दले दाइ’ सुमन कोइरालाले अभिनयमा डेब्यू गर्दैछन्।
‘केजीएफ’का गरुडा रामचन्द्र राजुको नेपाली दर्शकलाई संदेश, ‘नागबन्धम’ हेर्न आग्रह
‘केजीएफ’मार्फत गरुडाको रूपमा चर्चित रामचन्द्र राजुले नेपाली दर्शकलाई ‘नागबन्धम’ हेर्न आग्रह गरेका छन्। पौराणिक कथा, रहस्य र भव्य प्रस्तुति समेटिएको फिल्म...
‘पार्वती’ डबिङमा दीपाश्री उत्साहित, फिल्म सोचेभन्दा उत्कृष्ट बनेको प्रतिक्रिया
नीता ढुङ्गाना अधिकारी निर्देशित चलचित्र ‘पार्वती’को डबिङ धमाधम भइरहेको छ। अभिनेत्री दीपाश्री निरौलाले आफ्नो भागको डबिङ पूरा गर्दै फिल्म सोचेभन्दा राम्रो बनेको...
बेहुली फर्स्ट लुक: पारस ‘कुलब्वाय’ र दिव्या रायमाझीको दमदार केमेस्ट्री
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्मको पोस्टर काठमाडौंमा सार्वजनिक गरिएको हो। हतकडीमा देखिएका...
‘बाः एक योद्धा’ पोस्टरमा खुसी परिवारदेखि तनावपूर्ण मोडसम्मको झलक
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। झरना थापा, सुहाना थापा, दिव्यदेव पन्तलगायत कलाकार देखिएका पोस्टरले बुवाको...
प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’
जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा...
सुशील र न्यान्सीको सम्बन्धमा दूरी? ‘अक्षरा’को पोस्टरमा देखियो गहिरो भाव
नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्कालाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको सामाजिक तथा...
कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा
कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने...
कहाँ हरायो सन्तोष सेनको ‘दिपेन्द्र सरकार’? दशकअघि घोषणा भयो, चर्चा भयो, तर फिल्म आएन
करिब एक दशकअघि ‘दिपेन्द्र सरकार’ ठूलो चर्चासहित घोषणा भएको थियो। प्रदीप खड्काले युवराज दिपेन्द्रको भूमिका खेल्ने भनिएको थियो। कथा ‘मैले देखेको दरबार’मा आधारित...
दीपक रौनियारको ‘Private Property’ लोकार्नो फिल्म फेस्टिभलमा छनोट
दीपक रौनियारको छोटो फिल्म Private Property Locarno Film Festival 2026 मा छनोट भएको छ। अमेरिका, नेपाल र फ्रान्सको सहकार्यमा बनेको फिल्मले Pardi di Domani...
