साउथ इन्डियन प्रविधिमा निर्मित मनोरञ्जनात्मक नेपाली चलचित्र ‘बाग्मती’ आगामी पुस २४ गतेदेखि देशभर प्रदर्शन हुँदै छ। दिनेश दर्शनधारी र विजय सत्यालको प्रस्तुति रहेको तथा सन्नी केरलाद्वारा निर्देशित चलचित्रलाई ट्रि इन्टरमेन्टको ब्यानरमा निर्माण भएको हो। चलचित्रमा समाजमा घटेका घटनालाई मनोरञ्जनात्मक तरिकाले प्रस्तुत गरिएको छ।
प्रस्तुतकर्ता दर्शनधारीका अनुसार समाजमा रहेका मध्यम वर्ग र उच्च वर्गको पारिवारिक जीवनशैली र भोगाइलाई चलचित्रमा उतारिएको छ। निर्माता सत्यालले मैलिएको बाग्मतीलाई सफा बनाउन यो चलचित्रले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन्।
करिव दुई महिना लगाएर निर्माण गरिएको चलचित्रमा नायक राजेश हमाल, शिव श्रेष्ठ, रमेश अधिकारी, नायिका केकी अधिकारी, श्रेया कार्कीलगायतले अभिनय गरेका छन्।
ट्रेलर हेर्नुहोस्

