मिस्टर एन्ड मिस एसईई सुपर मोडल २०२६ मा सौरभ र आर्यना विजेता

मिस्टर एन्ड मिस एसईई सुपर मोडल २०२६ मा प्रतिभा, आत्मविश्वास र फेसनलाई एउटै स्टेजमा प्रस्तुत गर्दै सौरभ सिटौला र आर्यना सिंहलाई मुख्य विजेता बने।


मनास्लु वर्ल्ड कलेजको प्रस्तुति रहेको “मिस्टर एन्ड मिस एसईई सुपर मोडल २०२६ – भोल्युम ५” काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान हलमा भव्य रूपमा सम्पन्न भएको छ।

युवाहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा र फेसनप्रतिको आकर्षणलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिता एभरेस्ट इभेन्ट्सको ब्यानरमा कृष्ण श्रेष्ठ(रो बेन)ले आयोजना गरेका हुन्। कार्यक्रमलाई भ्यालेन्टिनो इन्टरनेशनल कलेज अफ फेसन एन्ड इन्टेरियरले पावर गरेको थियो।

विभिन्न प्रतिस्पर्धात्मक चरणपछि सौरभ सिटौलाले मिस्टर एसईई सुपर मोडल २०२६को उपाधि जिते भने आर्यना सिंहले मिस एसईई सुपर मोडल २०२६को ताज पहिरिन सफल भइन्। दुवै विजेताले आत्मविश्वास, स्टेज प्रस्तुति, व्यक्तित्व र कम्युनिकेशन स्किल्समार्फत निर्णायकहरूलाई प्रभावित पारे।

त्यस्तै, फेस अफ एसईई सुपर मोडल २०२६को उपाधि प्रिन्स चौधरी र आकृति राईले हात पारे। उनीहरूको फरक प्रस्तुति, आत्मविश्वास र सम्भावनाले प्रतियोगितामा विशेष छाप छोड्यो।

रनर–अपतर्फ जोयल महर्जन र युइशा बस्नेत फर्स्ट रनर–अप बने। सावोलिन श्रेष्ठ र कृतिश्मा लामा सेकेन्ड रनर–अप घोषित भए। त्यस्तै, आरव श्रेष्ठ र सुम्निमा बजगाईंले थर्ड रनर–अपको उपाधि जिते भने अन्सन अधिकारी र युनिशा शाक्य फोर्थ रनर–अप बने।

प्रतियोगितामा सहभागीहरूले ग्रुमिङ तथा मेन्टरसिप सेसनमा भाग लिएका थिए। ती सेसनहरूले उनीहरूको बोल्ने शैली, स्टेज प्रस्तुति, आत्मविश्वास र व्यावसायिक सोचलाई अझ मजबुत बनाउन सहयोग पुर्‍याएको थियो। विभिन्न चरणमा उनीहरूको बुद्धिमत्ता, प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र प्रस्तुति क्षमताको मूल्यांकन गरिएको थियो।

कार्यक्रमको आकर्षण बढाउन कोरियोग्राफर सुगन्ध अधिकारी र अर्शु महर्जनको भूमिका महत्वपूर्ण रह्यो। उनीहरूको कोरियोग्राफीले स्टेजलाई अझ आकर्षक, ऊर्जावान र सिर्जनात्मक बनायो। कार्यक्रम सञ्चालन चर्चित होस्ट रोजिन शाक्यले गरेका थिए। उनको प्रभावशाली प्रस्तुति र संवाद शैलीले दर्शकलाई अन्तिमसम्म जोडेर राख्यो।

विशेष अवार्डतर्फ विवेक भुसाल र जेलिशा श्रेष्ठ ब्रान्ड एम्बासडर घोषित भए। साइश रौनियार र जेत्सुन डोल्मा मोक्तानले अर्गनाइजर च्वाइस अवार्ड प्राप्त गरे।

बुद्धिमत्ता र आत्मविश्वासलाई सम्मान गर्दै सदिक्षा तामाङले ब्युटी विथ ब्रेन अवार्ड जितिन्। त्यस्तै, सुसान्त तामाङ र हिमानी लामिछानेले भ्यालेन्टिनो ब्रान्ड एम्बासडरको उपाधि प्राप्त गरे।

दर्शकको साथ र अनलाइन लोकप्रियताका आधारमा पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो। साधवी प्रसाईंले पब्लिक च्वाइस अवार्ड जितिन् भने आयुश्री कार्कीले भ्युज च्वाइस अवार्ड प्राप्त गरिन्। अविनाश तामाङ भ्युज च्वाइस रनर–अप बने। आरिका थापा र प्रिन्स पाण्डे मोस्ट पपुलर रनर–अप घोषित भए।

पाँचौं संस्करणसम्म आइपुग्दा मिस्टर एन्ड मिस एसईई सुपर मोडलले SEE सकेका युवा प्रतिभाहरूलाई आत्मविश्वास, अनुशासन, व्यक्तित्व विकास र फेसन क्षेत्रमा अगाडि बढ्ने प्रेरणा दिएको देखिन्छ।


यो पनि पढ्नुहोस्: टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को विजेता घोषणा


SUBSCRIBE 👉