टेरेन्स लुइसको उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’को विजेता घोषणा

टेरेन्स लुइसको विशेष उपस्थितिमा ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनाले सम्पन्न भएको छ। प्रतियोगिताका विजेताहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्।


विश्वव्यापी ख्यातिप्राप्त नृत्य प्रतियोगिता ‘वर्ल्ड अफ डान्स नेपाल २०२६’ को ग्रान्ड फिनाले राजधानी काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। बलिउडका चर्चित कोरियोग्राफर तथा नृत्य निर्देशक Terence Lewis को विशेष उपस्थितिमा सम्पन्न प्रतियोगिताले विभिन्न चार विधाका विजेता घोषणा गर्दै नयाँ नृत्य प्रतिभाहरूलाई विश्व मञ्चसम्म पुर्‍याउने अवसर प्रदान गरेको छ।

देशका विभिन्न पाँच शहर तथा भारतबाट आएका सयौं नृत्य प्रतिभामध्ये छनोट भएका उत्कृष्ट प्रतिस्पर्धीहरूले फिनालेमा दमदार प्रस्तुति दिएका थिए।

जुनियर डिभिजनतर्फ रिधि सरकार विजेता बने भने ‘पप इन स्माइली’ दोस्रो र दीपेश–ऋषि तेस्रो स्थानमा रहे। जुनियर टिम डिभिजनमा क्रिएटर्स क्रु ले उपाधि जित्यो। ‘एनडिए जुनियर’ दोस्रो र ‘पूर्वाञ्चल डान्स स्टुडियो’ तेस्रो बने।

अपर डिभिजनमा साजन पाख्रिन प्रथम, साजन गुरुङ द्वितीय र ‘स्टार्स स्टेपर्स क्रु’ तृतीय घोषित भए। अपर टिम डिभिजनको उपाधि टिम एनटी ले जित्यो भने ‘इन्नेट सोल्स’ दोस्रो र ‘एस स्क्वायर फ्यामिली’ तेस्रो स्थानमा रहे।

प्रत्येक डिभिजनका विजेताले रु १ लाख नगद पुरस्कार र २४ क्यारेट सुनको जलप लगाइएको विशेष ट्रफी प्राप्त गरेका छन्।

कार्यक्रमको सबैभन्दा महत्वपूर्ण उपलब्धि भने विजेताहरूले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नु हो। कलात्मक निर्देशक JD Tamu का अनुसार अपर र जुनियर टिम डिभिजनका सबै फाइनलिस्ट टोलीहरूले अमेरिका, थाइल्यान्ड र हङकङमा आयोजना हुने विभिन्न अन्तर्राष्ट्रिय नृत्य प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन्।


तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस्।


नेपालका प्रतिनिधि टोलीहरूले अमेरिकामा हुने World Finals, थाइल्यान्डमा हुने Global Dance Representative तथा हङकङमा हुने World Supremacy Battleground मा सहभागी हुने अवसर प्राप्त गरेका छन्।

राष्ट्रिय निर्देशक Roshan Ghataraj ले नेपाली डान्सरहरूलाई विश्व मञ्चमा पुर्‍याउन यस्ता प्लेटफर्मले महत्वपूर्ण भूमिका खेलेको बताए। उनले नेपाली नृत्य क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो प्रतियोगिता प्रभावकारी साबित भएको उल्लेख गरे।

ग्रान्ड फिनालेमा Miruna Magar, Dayahang Rai, Parikshya Limbu, Kabita Nepali, Buddhi Tamang, Prashant Tamrakar, Shilpa Maskey लगायतका चर्चित कलाकारहरूको उपस्थिति रहेको थियो।

झम्सिखेलस्थित The Plaza मा सम्पन्न कार्यक्रम नेपालमै डान्सरहरूले नेतृत्व गरेर आयोजना गरेको सबैभन्दा ठूलो नृत्य प्रतियोगितामध्ये एक मानिएको छ।

SUBSCRIBE 👉