‘प्रिन्स एन्ड प्रिन्सेस इन्टरनेशनल २०२६’ एउटै स्टेजमा ४ विजेता

काठमाडौंमा सम्पन्न ‘Little Prince & Princess International 2026’मा ४ बालबालिकाले उपाधि जितेका छन्। विजेताले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पनि पाएका छन्।


Little Prince & Princess International 2026 Winers

काठमाडौंको जमलस्थित Rastriya Nachghar मा शनिबार अबेर साँझ भव्य रूपमा सम्पन्न भएको ‘Little Prince & Princess International 2026’ ले चार विजेता घोषणा गर्दै कार्यक्रमलाई विशेष बन्यो।

प्रतियोगितामा जुनियर र सिनियर दुवै समूहमा केटा–केटी गरी चार शीर्ष उपाधि एकै स्टेजमा प्रदान गरियो। जुनियर ब्वाइजतर्फ निल वंशल र जुनियर गर्लतर्फ शिवाना पाण्डे विजेता बने भने सिनियर ब्वाइजमा आर्सुअंश भण्डारी र सिनियर गर्लतर्फ आरिका उप्रेतीले उपाधि जिते।

जुनियर ब्वाइजतर्फ विश्व झा (फस्ट रनरअप), नक्स सरावगी अग्रवाल (सेकेन्ड रनरअप), सेरोन थापा (थर्ड रनरअप) र सौर्य रौनियार (फोर्थ रनरअप) भए। सिनियर ब्वाइजमा सुर्यान्स श्रेष्ठ (फस्ट रनरअप), चिरन गोयल (सेकेन्ड), सम्वत संसार महर्जन (थर्ड) र सुशान्त राई (फोर्थ) चुनिए।

सिनियर गर्लतर्फ अनुस्का थापा, अमुल्य पन्त, यादिमा राई र सुहाना घिमिरे क्रमशः फस्ट, सेकेन्ड, थर्ड र फोर्थ रनरअप बने। त्यस्तै, जुनियर गर्लमा आश्री आरएल कुवँर, सिवान्सी थापा, अदिश्री आचार्य र सेजल पाण्डे क्रमशः रनरअप सूचीमा परे।

Little Prince & Princess International 2026 Group Photo

कार्यक्रमको आयोजना Radiant Event Management Agency ले गरेको हो। संस्थाका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय फेसन कोच Raj Faiju ले बालबालिकाको प्रतिभा निखार्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्‍याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

प्रतियोगितामा ६ देखि १३ वर्ष उमेर समूहका ४५ जना बालबालिका (जुनियर २५, सिनियर २०) फाइनलमा पुगेका थिए। प्रतियोगीहरूको कोरियोग्राफी स्वयं राज फैजुले गरेका थिए भने ड्रेस डिजाइन श्रीषा बैदारले तयार पारेकी थिइन्।

कार्यक्रमका निर्णायकमा Mukun Bhusal, Renunath Yogi, राजेश घिमिरे, अमन हिताङ, रोशनी शाही ठकुरी, आशिष थापा मगर र शिरीष आर तुलाधर रहेका थिए।

मुख्य प्रायोजक Kathmandu World School रहेको प्रतियोगिताका विजेताहरूले उपाधिसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पनि प्राप्त गरेका छन्।


यो पनि पढ्नुहोस्: चाँदनी श्रेष्ठले हासिल गरिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ शिर्ष उपाधि


SUBSCRIBE 👉