चाँदनी श्रेष्ठले हासिल गरिन ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६ शिर्ष उपाधि

धादिङकी चाँदनी श्रेष्ठ ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को विजेता बनेकी छन्। ग्रान्ड फिनालेमा उनले शिर्ष उपाधि सहित पब्लिक च्वाईस, बेष्ट हेयर स्टाईलिस्ट र मल्टि मिडिया अवार्ड हासिल गर्न सफल भईन।



READ IN ENGLISH: Beautician Talent Nepal 2026: Chadani Shrestha Wins Multiple Titles


ब्युटिसियनहरूको प्रतिभा र व्यक्तित्व विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको ‘न्युलुक ब्युटी फर लाइफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन–८ को ग्रान्ड फिनाले काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

प्रतियोगितामा १९ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङकी चाँदनी श्रेष्ठ विजेता बनेकी छन्। उनले २५ हजार रुपैयाँ नगदसहित मुख्य उपाधि जित्नुका साथै बेष्ट हेयर स्टाइलिस्ट, पब्लिक च्वाइस र मल्टिमिडिया अवार्डसमेत आफ्नो नाममा पारिन्।

नाचघरमा सम्पन्न फिनालेमा खोटाङकी हिरा राई फस्ट रनरअप घोषित भइन्। उनले १५ हजार रुपैयाँसहित उपाधि जितिन् भने भिवर्स च्वाइस र बेष्ट आइल्यासेस टेक्निसियन अवार्ड पनि हात पारिन्।

संगीता राई सेकेन्ड रनरअप बनिन्। उनले बेष्ट स्क्रिन अवार्डसहित १० हजार रुपैयाँ र क्राउन प्राप्त गरिन्। मोस्ट डिसिप्लेन अवार्ड जित्दै अनिता गुरुङ थर्ड रनरअप बनिन्।

अन्य अवार्ड विजेताहरूमा स्वस्तिका अधिकारी बिष्ट (बेष्ट आई र म्यानेजमेन्ट च्वाइस), अस्बिना सिंह (बेष्ट स्टाइलिस्ट र अर्गनाइजर च्वाइस), रेश्मा केसी (बेष्ट ड्रेस र मोस्ट इनोसेन्ट), मिना मोक्तान (मोस्ट ब्युटिफुल), सलिना थापा (बेष्ट फिगर), सम्झना लिम्बु (मोस्ट फोटोजेनिक), रेखा लामिछाने (मोस्ट बब्ली) र राधा चौधरी (बेष्ट मेकअप) रहेका छन्।

त्यस्तै, रविना तामाङ (मोस्ट ट्यालेन्ट), रेणुका कुमारी चौधरी (बेष्ट मेकअप), गौरी कार्की (मोस्ट फ्रेन्डली), चन्द्रा ताम्राकार (बेष्ट स्माइल), अञ्जु तुलाधर श्रेष्ठ (मोस्ट सिभिलिटी), इशारा गुरुङ (बेष्ट क्याटवाक) र सरस्वती आचार्य गौतम (बेष्ट आयुर्वेदिक थेरापिस्ट) ले पनि अवार्ड जिते।

प्रतियोगिताको निर्णायक मण्डलमा देविका बन्दना, श्रीदेव भट्टराई, पशुपति जोशी, गोमा अधिकारी धिताल, सिता श्रेष्ठ, मञ्जु सापकोटा र ज्ञानु श्रेष्ठ रहेका थिए।

कार्यक्रमको उद्घाटन शम्भुजीत बासकोटा ले गरेका थिए। उनले विगत ८ वर्षदेखि यो प्रतियोगिताले ब्युटिसियनहरूको प्रोत्साहनमा महत्वपूर्ण भूमिका खेलेको बताए।

रोज ब्युटि एकेडेमी र बिलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित प्रतियोगिताको कोरियोग्राफी जयन सुब्बा मानन्धरले गरेका थिए भने नृत्य संयोजन कृष्ण रसालले सम्हालेका थिए। निर्देशक सरिता भारती थिइन्।

समारोहमा गायक नारायण थापा, ओम सुनार, सविना सुवेदी, रमेश पाठक र गायिका सारिका घिमिरेले सांगीतिक प्रस्तुति दिएका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारहरूले नृत्य प्रस्तुत गरेर कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

ब्युटिसियनहरूको क्षमता उजागर गर्ने उद्देश्यले सुरु गरिएको यो प्रतियोगिता अहिले नेपालमा एक महत्वपूर्ण प्लेटफर्मको रूपमा स्थापित हुँदै गएको छ।


यो पनि पढ्नुहोस्: मिस नेपाल नर्थ अमेरिका २०२६को आवेदन खुला


SUBSCRIBE 👉