
Regan Hutsell Wins Miss America 2027, Makes History With Natural Hair | image courtesy: facebook/missamerica
अमेरिकाको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता मिस अमेरिका (Miss America) ले यस वर्ष केवल नयाँ विजेता पाएन, प्रतिनिधित्वको एउटा नयाँ अध्याय पनि लेख्यो। टेक्सासकी २५ वर्षीया रेगन हटसेल (Regan Hutsell) ले Miss America 2027 को ताज जित्दै प्राकृतिक कपालमै उपाधि जित्ने पहिलो ‘woman of color’ का रूपमा इतिहास रचेकी छन्।
सेप्टेम्बर ६, २०२६ मा फ्लोरिडाको वेस्ट पाम बीचस्थित Palm Beach County Convention Center मा सम्पन्न फाइनलमा हटसेल ९९औँ मिस अमेरिका घोषित भइन्। प्रतियोगितामा अमेरिकाका ५० राज्य, Washington, D.C. र Puerto Rico गरी ५२ प्रतिनिधि सहभागी थिए।
उनको जितलाई अझ विशेष बनाएको पक्ष थियो, उनले आफ्नो घुम्रिएको कपाललाई बदल्ने प्रयास गरिनन्।
Miss America Organization का अनुसार प्राकृतिक कपालमै मिस अमेरिकाको ताज जित्ने उनी पहिलो woman of color हुन्। Houston Chronicle ले हटसेललाई मिस अमेरिका बन्ने १०औँ Black woman का रूपमा उल्लेख गरेको छ।
प्राकृतिक कपाल रोज्नु उनका लागि किन महत्वपूर्ण थियो?
प्रतियोगिताअघि र जितपछि People म्यागजिन सँग कुरा गर्दै हटसेलले पेजेन्टमा प्रवेश गर्दा आफ्नो कपाल कसरी प्रस्तुत गर्ने भन्ने विषयमा निकै सोच्नुपरेको बताएकी थिइन्।
केही वर्षअघि कपाल सीधा बनाउँदा आफ्नो प्राकृतिक curl पहिलेको अवस्थामा नफर्किएको अनुभवपछि उनले यसपटक कपाललाई जस्ताको तस्तै स्वीकार गर्ने निर्णय गरिन्।
प्राकृतिक कपालमै मञ्चमा उत्रिन थालेपछि सौन्दर्यलाई हेर्ने आफ्नै दृष्टिकोणसमेत परिवर्तन भएको उनको भनाइ छ। विशेषगरी आफूजस्तै कपाल, छालाको रङ वा फरक पृष्ठभूमि भएका किशोरीहरूले राष्ट्रिय मञ्चमा आफूलाई प्रतिनिधित्व भएको महसुस गर्न सकून् भन्ने उनको चाहना छ।
उनले आफ्नो उपस्थितिलाई महिलाहरूका लागि एउटा ‘bridge’ का रूपमा हेरेकी छन्, जहाँ परम्परागत सौन्दर्यको साँघुरो परिभाषाभन्दा बाहिर रहेर पनि ठूलो मञ्चमा स्थान बनाउन सकिन्छ भन्ने सन्देश दिन सकियोस्।

Miss America 2027 Regan Hutsell Makes History for Natural Hair and Texas | image source: wikipedia
५१ वर्षपछि टेक्सासलाई मिस अमेरिका
हटसेलको उपलब्धि उनको व्यक्तिगत इतिहासमा मात्र सीमित छैन। मिस अमेरिका अर्गनाईजेसनका अनुसार प्रतियोगिताको १०५ वर्षे इतिहासमा उनी टेक्सासबाट ताज जित्ने चौथी महिला हुन्। उनीअघि Jo-Carrol Dennison ले १९४२, Phyllis George ले १९७१ र Shirley Cothran ले १९७५ को उपाधि टेक्सासका लागि जितेका थिए।
त्यसयता टेक्सासले पाँच दशकभन्दा लामो समय मिस अमेरिका ताजका लागि कुर्नुपरेको थियो। पछिल्ला तीन वर्षमा भने Miss Texas लगातार पहिलो रनरअपसम्म पुगेको थियो। यसपटक हटसेलले त्यो क्रमलाई ताजमै परिणत गरिन्।
फाइनलमा Louisiana की Shelby Bordelon पहिलो रनरअप र Illinois की Kate Dimmett दोस्रो रनरअप बनिन्। California की Sharlize True Trujillo तेस्रो र Washington, D.C. की Evelyn Smith चौथो रनरअप भए।
१८ वर्षमै Radio City Rockette
हटसेलको यात्रा पेजेन्टबाट सुरु भएको होइन। उनले सात वर्षको उमेरदेखि प्रतिस्पर्धात्मक नृत्य सुरु गरेकी थिइन्। १८ वर्षको उमेरमा, सन् २०१९ मा, उनले प्रतिष्ठित Radio City Rockettes मा व्यावसायिक नृत्य करिअर सुरु गरिन्।
पछि उनी बेलायतको Birmingham Royal Ballet मा आबद्ध भइन्। संस्था स्वयंका अनुसार हटसेल सन् २०२१ मा कम्पनीमा प्रवेश गरेकी थिइन् र २०२३ मा सुरु भएको BRB2 को पहिलो समूहको हिस्सा पनि बनिन्।
उनले Carlos Acosta को Dying Swans लगायतका प्रस्तुति गरिन् र २०२५ मा कम्पनी छाडेर नयाँ अवसरतर्फ अघि बढिन्।
मिस अमेरिकाको प्रारम्भिक चरणमा उनको नृत्य अनुभव फेरि काम आयो। उनले “Le Jazz Hot” मा jazz dance प्रस्तुत गर्दै preliminary talent award जितिन्। उनले preliminary fitness award पनि आफ्नो नाममा पारिन्।

Former Radio City Rockette Regan Hutsell Wins Miss America 2027 | image courtesy: facebook/missamerica
शरीरसँगको संघर्षबाट ‘Your Body Is Your Home’ सम्म
बाहिरबाट सफल देखिएको उनको नृत्य यात्रा भित्रभित्रै चुनौतीपूर्ण पनि थियो। व्यावसायिक नृत्य क्षेत्रमा रहँदा शरीरको बनावट, तौल, ‘परफेक्ट’ देखिनुपर्ने दबाब र eating disorder सँग आफूले संघर्ष गरेको हटसेलले सार्वजनिक रूपमा बताएकी छन्।
यही अनुभवपछि उनले ‘Your Body Is Your Home’ नामको Community Service Initiative सुरु गरिन्। यसको उद्देश्य स्वस्थ आत्मसम्मान विकास गर्ने, आफूसँग सकारात्मक संवाद गर्न सिक्ने र मानिसको मूल्य बाहिरी रूपले निर्धारण हुँदैन भन्ने सन्देश फैलाउनु हो।
उनको recovery यात्रामा एउटा coach ले दिएको विचार विशेष महत्वपूर्ण बन्यो, शरीर केवल काम गर्ने ‘instrument’ होइन, बस्ने ‘home’ पनि हो। त्यही सोचलाई उनले आफ्नो अभियानको आधार बनाइन्।
हटसेलका अनुसार पेजेन्टमा प्रवेश गर्दा फेरि appearance मा केन्द्रित वातावरणमा जानुपर्ने भएकाले उनी सुरुवातमा डराएकी थिइन्। तर Miss America को fitness पक्षलाई ‘सबैभन्दा पातलो देखिनु’ भन्दा स्वस्थ, सक्रिय र बलियो जीवनशैलीसँग जोडिएको देखेपछि उनले प्रतिस्पर्धालाई फरक ढंगले हेर्न थालिन्। उनले अरूसँग आफ्नो शरीर तुलना नगरी आफ्नै प्रगति मापन गर्न सिकेको पनि बताएकी छन्।
दुई घुँडाको शल्यक्रियापछि पनि रोकिएन यात्रा
उनले दुई पटक घुँडाको शल्यक्रिया गराइसकेकी छन्। केही समयअघि आफ्नो भविष्य कुन दिशामा जाने हो भन्ने अनिश्चितता समेत भोगेकी उनले अब मिस अमेरिकाका रूपमा आफ्नो एक वर्षे कार्यकालको मुख्य सन्देश ‘hope’ अर्थात् आशा बनाउने योजना राखेकी छन्।
उनको भनाइमा कठिन समय स्थायी हुँदैन र कहिलेकाहीँ सम्भव नदेखिएको सपना पनि पछ्याउन सकिन्छ भन्ने विश्वास मानिसहरूमा जगाउनु उनको उद्देश्य हो।

Regan Hutsell Crowned Miss America 2027, Ending Texas’ 51-Year Wait | image courtesy: facebook/missamerica
करिब ९० हजार डलरको छात्रवृत्ति
मिस अमेरिकाको ताजसँगै हटसेलको शैक्षिक यात्राले पनि ठूलो सहयोग पाएको छ। Miss America Organization का अनुसार उनले प्रतियोगिताको विभिन्न चरणबाट हालसम्म करिब ९० हजार अमेरिकी डलर बराबरको छात्रवृत्ति प्राप्त गरेकी छन्। राष्ट्रिय जितसँगै उनले शिक्षाका लागि थप ५० हजार डलरको scholarship पाएकी छन्।
उनी Health Sciences अध्ययन गरिरहेकी छन् र भविष्यमा physical therapist बन्न चाहन्छिन्। Birmingham Royal Ballet सँगको वक्तव्यमा हटसेलले छात्रवृत्तिले ऋणबिनै physical therapy तर्फ आफ्नो शिक्षा अघि बढाउने लक्ष्यमा ठूलो सहयोग पुगेको बताएकी छन्।
अमेरिकी पेजेन्टमा प्रतिनिधित्वको बदलिँदो तस्वीर
हटसेलको ऐतिहासिक जित अमेरिकी पेजेन्टमा भइरहेका केही अन्य परिवर्तनसँग पनि जोडिएको छ। अगस्ट २७ मा भर्जिनियाकी ३१ वर्षीया Justus Kelley Miss USA 2026 बनेकी थिइन्। उनी Miss USA जित्ने पहिलो विवाहित महिला, पहिलो आमा र ३० वर्षभन्दा माथिकी पहिलो विजेता हुन्। यो सम्भव हुनुमा २०२३ मा लागू गरिएको नियम परिवर्तन महत्वपूर्ण थियो, जसले विवाहित महिला र आमाहरूका लागि प्रतिस्पर्धाको बाटो खोलेको थियो।
त्यस्तै Nigerian-American Victoria Oluwakotanmi हाल Miss Grand USA 2026 हुन्। उनी प्रारम्भिक प्रतियोगितामा first runner-up बनेकी थिइन्। त्यसपछि मूल विजेता Mekyla Li को reign समाप्त गर्ने संगठनको निर्णयपछि अगस्ट २१ मा Oluwakotanmi लाई नयाँ titleholder घोषणा गरिएको थियो।
हटसेलले आफू, Kelley र Oluwakotanmi जस्ता women of color लाई राष्ट्रिय पेजेन्ट मञ्चमा देखिनुलाई अमेरिकाको फरक–फरक रूपको सौन्दर्य प्रस्तुत गर्ने महत्वपूर्ण क्षणका रूपमा वर्णन गरेकी छन्।
सन् २०१९ ले पनि बनाएको थियो इतिहास
अमेरिकी पेजेन्टमा विविधताको यो पहिलो ठूलो क्षण भने होइन। सन् २०१९ मा Nia Franklin, Cheslie Kryst र Kaliegh Garris क्रमशः Miss America, Miss USA र Miss Teen USA हुँदा तीनवटै अमेरिकी राष्ट्रिय ताज एकै समयमा Black women सँग पुगेका थिए।
त्यसपछि दक्षिण अफ्रिकाकी Zozibini Tunzi Miss Universe र जमैकाकी Toni-Ann Singh Miss World बनेपछि पाँच चर्चित अन्तर्राष्ट्रिय तथा अमेरिकी पेजेन्ट उपाधि एकै समयमा Black women ले सम्हालेको ऐतिहासिक अवस्था बनेको थियो।
रेगन हटसेलको २०२६ को जित त्यही लामो प्रतिनिधित्व यात्राको अर्को महत्वपूर्ण अध्याय हो। उनको ताज प्राकृतिक कपालको एउटा hairstyle भन्दा धेरै ठूलो कथा बनेको छ। आफ्नो वास्तविक स्वरूप स्वीकार गर्ने, शरीरलाई सम्मान गर्ने र परम्परागत सौन्दर्यको एउटै ढाँचाभन्दा बाहिर पनि आफूलाई ठूलो मञ्चमा देख्न सकिने विश्वासको कथा।

