
Beauty Queen Sanskriti Bhatta to Represent Nepal at MGI All Stars 2026 in Thailand
MGI All Stars 2026 मा नेपालको प्रतिनिधित्व गर्न beauty queen Sanskriti Bhatta मे ११ मा थाइल्याण्ड प्रस्थान गर्दैछिन्।
आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत संस्कृतीको आकर्षक डिपार्चर पोस्टर सार्वजनिक गर्दै उनको यात्रा जानकारी दिएको हो। पोस्टअनुसार उनी बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बैंककस्थित सुवर्णभूमि विमानस्थलका लागि उड्नेछिन्।

इन्स्टाग्राम पोस्टमा संस्कृतीले “नेपालको गौरव, सौन्दर्य र आत्मालाई विश्व मञ्चमा बोकेर यात्रा सुरु गर्न लागेको” उल्लेख गरिएको छ।
संस्कृतीलाई अप्रिल २०२६ मा एमजीआई अल स्टार्सको पहिलो संस्करणका लागि नेपालको आधिकारिक प्रतिनिधिको रूपमा घोषणा गरिएको थियो। प्रतियोगितामा विभिन्न देशका अनुभवी अन्तर्राष्ट्रिय सौन्दर्यकर्मीहरूको सहभागिता रहने बताइएको छ।

यसअघि उनले इजिप्टमा आयोजना भएको मिस इको इन्टरनेशनल २०२५ मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्। त्यहाँ उनले नेपालको पर्यटन, संस्कृति र वातावरण संरक्षणको सन्देश अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरेकी थिइन्।
सौन्दर्य प्रतियोगितासँगै संस्कृती मेडिकल विद्यार्थी पनि हुन्। उनी नर्सिङ पृष्ठभूमिबाट आएकी हुन् भने फिटनेस, मोडलिङ, सार्वजनिक वक्तृत्वकला र कन्टेन्ट क्रियसनमा सक्रिय छिन्। नेपाली, अंग्रेजी, हिन्दी र थाई भाषा बोल्न सक्ने संस्कृतीलाई अन्तर्राष्ट्रिय मञ्चमा आत्मविश्वासी प्रतियोगीका रूपमा हेरिएको छ।

उनको तयारी ग्रीन आर्ट मिडिया र प्रबन्ध निर्देशक अनिला श्रेष्ठको मार्गदर्शनमा भइरहेको छ। उनले सन् २०२५ मा “पेजेन्ट स्टार अफ द इयर” अवार्ड समेत प्राप्त गरेकी थिइन्।
अब उनको थाइल्याण्ड यात्रासँगै नेपाली पेजेन्ट समर्थकहरू धेरैले संस्कृतीले अन्तर्राष्ट्रिय मञ्चमा फेरि नेपालको नाम चम्काउने विश्वास गरेका छन्।
यो पनि पढ्नुहोस्: मुस्ताङमा अभिनेत्री तथा मोडल शिल्पा मास्केले कसिन लगन गाठों
