दिव्या सुशीलको जोडी रहेको फिल्म ‘राम नाम सत्य’ नयाँ बर्षमा सोलो रिलिज हुँदै

नयाँ वर्षको छेकोमा रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ सोलो रिलिज हुने भएको छ। एक्सन, प्रेम र सस्पेन्स मिसिएको फिल्ममा दिव्या रायमाझीको फरक भूमिका विशेष आकर्षण बनेको छ।


Divya Rayamajhi and Sushil Shrestha Photo

Divya Rayamajhi and Sushil Shrestha

नयाँ वर्षको छेको पारेर रिलिज हुन लागेको फिल्म ‘राम नाम सत्य’ यतिबेला चर्चामा छ। यो फिल्म चैत्र २७ गते सोलो रिलिज हुने पक्का भएको छ। यो मितिमा रिलिज हुने भनिएका अन्य नेपाली फिल्महरु पोष्टपोन्ड भएपछि माइकल चन्द निर्देशित फिल्मले सोलो रिलिजको अवसर पाएको छ। फिल्ममा समावेश ‘धागोले बाटेको, हुम्लाको लिमी’ बोलको गीत र फिल्मको टिजरले पनि दर्शकको साथ पाइरहेको छ।

यो फिल्ममा विराज भट्ट, सुशील श्रेष्ठ, सुपुष्पा भट्ट, दिव्या रायमाझी, आयुष सिंह ठकुरी, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, दिनेश डीसी लगायतका कलाकारहरुको अभिनय छ।

यसैबिच, नायिका दिव्या रायमाझीले फिल्म ‘राम नाम सत्य’लाई लिएर आफ्नो उत्साह व्यक्त गरेकी छिन्। दिव्या भन्छिन्: ‘म फिल्मलाई लिएर निकै उत्साहित छु। मैले पहिले गरेको काम भन्दा यो फिल्ममा भिन्न तरिकाले आएको छु। काम पनि मैले धेरै देखाउन पाएको छु।’

फिल्ममा दिव्याले आधुनिक राजकुमारीको भूमिकामा देखिन लागेको खुलासा गरिन्। दिव्या भन्छिन्: ‘फिल्ममा एक्सन भरपुर छ। तर, यो एक्सन फिल्म मात्र होइन, यसमा इमोशन छ, सस्पेन्स छ, प्रेम छ। सबै कुरा मिलेर एउटा उत्कृष्ट फिल्म बनेको छ।’

दिव्याले फिल्म गज्जब बनेको बताउँदै भनिन्: ‘मैले मेरो फिल्म भनेर भनेको होइन। फिल्म एकदमै राम्रो बनेको छ। दर्शकले यो फिल्म हेरेर भरपुर मनोरञ्जन लिनुहुन्छ भन्ने विश्वास छ।’

यो फिल्ममा दिव्या सुशीलको जोडीको रुपमा छिन्। दिव्याले सुशीलसँग काम गर्न निकै सहज भएको खुलाइन्।

यो पनि पढ्नुहोस् : ‘पाँच पाण्डव’मा प्रशान्त ताम्राकार र इभा गिरीको इन्ट्री

SUBSCRIBE 👉