अनिशा खड्काले जितिन् क्यापिटल क्वीन नेपाल २०२६को ताज, अरू उपाधि कसले पाए?

क्यापिटल क्वीन नेपाल २०२६ को ताज अनिशा खड्काले जितेकी छन्। प्रतियोगिताको १०औँ संस्करणमा अनिता थापा अर्याल फर्स्ट रनरअप र अस्मिता तिमल्सिना सेकेन्ड रनरअप भए।

Anisha Khadka crowned Capital Queen Nepal 2026. Anita Thapa Aryal named First Runner-Up, while Asmita Timalsina secured Second Runner-Up at the 10th edition of the pageant.

क्यापिटल क्वीन नेपाल २०२६ को उपाधि अनिशा खड्काले जितेकी छन्। हिमालयन मुभिज प्रोडक्सन हाउसले आयोजना गरेको प्रतियोगिताको १०औँ संस्करणमा अनिता थापा अर्याल फर्स्ट रनरअप र अस्मिता तिमल्सिना सेकेन्ड रनरअप घोषित भए।

राजधानीमा बसोबास गर्ने महिला तथा युवा प्रतिभालाई आफ्नो क्षमता, आत्मविश्वास र व्यक्तित्व प्रस्तुत गर्ने अवसर दिने उद्देश्यसहित आयोजना हुँदै आएको प्रतियोगितामा विवाहित र अविवाहित दुवै समूहका विभिन्न पेशागत पृष्ठभूमिका महिलाहरू सहभागी थिए।

प्रतियोगिताको अन्तिम चरणअघि सहभागीहरूले वरिष्ठ फेसन कोरियोग्राफर हिमानी सुब्बाको प्रशिक्षणमा करिब तीन साता तयारी गरेका थिए। प्रशिक्षणमा व्यक्तित्व विकास, सञ्चार कला, क्याटवाक, फोटोग्राफी तथा भिडियो सुटसँगै ओपनिङ थिम डान्ससमेत समावेश गरिएको थियो।

विभिन्न प्रतिस्पर्धात्मक चरण पार गरेपछि निर्णायकहरूको अन्तिम प्रश्नोत्तर राउन्डका आधारमा मुख्य विजेताहरू छनोट गरिएको थियो।

Anisha Khadka Shines as Capital Queen Nepal 2026 Winner

प्रतियोगितामा विभिन्न विशेष उपाधिसमेत प्रदान गरिएको थियो। मिमिता थापाले Most Smart, अस्मिता तिमल्सिनाले Most Active, अनिशा खड्काले Most Dynamic र अनिता थापा अर्यालले Most Confident उपाधि प्राप्त गरे।

त्यस्तै, नविना कुमारी ओलीले Best Photogenic र Most Popular गरी दुई उपाधि जितिन्। प्रेमिशा गजमेरले Best Talent, पवित्रा गोलेले Best Personality, अञ्जना श्रेष्ठले Most Charming र सबिता तोलानीले Most Dedicated उपाधि पाए। प्रविना कुमालले Most Diligent र Best Multimedia गरी दुई विशेष उपाधि हात पारिन्।

निर्णायक मण्डलमा Mrs. Global Nepal 2026 सब्या महर्जन, Beautician Nepal 2021 सजना खत्री, Capital Queen Nepal 2023 लक्ष्मी भुसाल, Mr. Handsome Nepal तथा मोडल अभिषेक खड्का र अभिनेत्री गीता अधिकारी रहेका थिए।

१०औँ संस्करणसम्म आइपुग्दा क्यापिटल क्वीन नेपालले महिलाको प्रतिभा, आत्मविश्वास र सम्भावनालाई उजागर गर्दै व्यक्तिगत विकास र पहिचानका लागि मञ्च प्रदान गर्ने आफ्नो उद्देश्यलाई निरन्तरता दिएको छ।