दिल्लीमा नेपाली फिल्म “देउता”को विशेष शो हुने


ग्ल्यामर नेपाल, काठमाडौं।
दैविक शक्तिको विषयलाई उठान गरिएको फिल्म ‘देउता’को भारतको राजधानीमा नयाँदिल्लीमा विशेष प्रदर्शन हुने भएको छ। रामभक्त श्रेष्ठको निर्देशन रहेको फिल्म फागुन १० गते आईतबार अर्थात फेब्रुअरी २२ मा प्रदर्शन हुन लागेको हो।

Deuta-Movie

निर्देशक श्रेष्ठका अनुसार फिल्मको केही भाग नयाँदिल्लीमा समेत छायांकन गरिएको छ। भोजपुरी गायक श्याम मिश्रको डेब्यु अभिनय रहेको फिल्ममा पुस्कर राउत, जोशना भट्ट, बालदिप राई, रामचन्द्र अधिकारी, मन्जु श्रेष्ठ, देशभक्त खनाल, पदम गाहा, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन्। फिल्म उत्तरगया फिल्मस् प्रालिको व्यानरमा बनेको हो।

SUBSCRIBE 👉