राष्ट्रपतिले बाँडेकै चलचित्र पुरस्कार चर्को विवादमा


“न हरेक बर्ष कुनै निश्चित विधामा पुरस्कार राखिएको छ, न पुरस्कारका जुरी समारोहमा नै उपस्थित भए । यसले अवार्ड माथि अझ धेरै प्रश्न चिन्ह उठाएको छ।”

Neeta-Dhungana-National-Film-Award-2070

ग्ल्यामर नेपाल, काठमाडौं । उसो त राष्ट्रपति डाक्टर रामवरण यादव ‘राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण गर्न सुरुदेखि नै खासै उत्साही थिएनन्। सरकारी निकाय चलचित्र विकास बोर्डले आयोजना गर्ने पुरस्कार वितरणमा उनले आनाकानी गरेको खबरहरु सार्वजनिक भएका थिए। अवार्डको मिति बारम्बार सरेबाट पनि यो कुरा पुष्टि हुन्छ। तर बोर्डको बारम्बारको आग्रह र फिल्मकर्मीको चाहनाको कारण राष्ट्रपति पुरस्कार वितरण गर्न तयार भए।

सोमबार शितल निवासमा एक समारोहकाबीच पुरस्कार वितरण गरियो पनि तर विडम्बना पुरस्कार चर्को विवादमा फसेको छ। ‘राम्रालाईभन्दा हाम्रालाई पुरस्कार दिइएको’ आरोप लागेको छ। खासगरी ०६८ सालबाट उत्कृष्ट अभिनेत्रीको अवार्ड पाएकी नीता ढुंगाना सर्वाधिक विवादमा परेकी छिन्। ०६७, ०६८, ०६९ र ०७० सालका फिल्महरुलाई आधार मान्दै विभिन्न विधामा पुरस्कार बाँडिएको थियो।

नीतालाई फिल्म ‘मसान’का लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको हो। जबकी सो फिल्ममा उनी सहायक भूमिका छिन्। केकी अधिकारी फिल्मकी लिड रोल हुन्। अभिनयको तारिफ पनि नीताको भन्दा केकीको धेरै गरिएको थियो तर मुख्य पात्रलाई नै पाखामा लगाएर नीतालाई अवार्ड दिएपछि विवाद सुरु भएको हो। अभिनेत्रीद्वय प्रियंका कार्की र ऋचा शर्माले त अवार्डको खुलेरै विरोध गरेका छन्। ‘अरु सबै देशमा राष्ट्रिय पुरस्कारभन्दा कत्रो मान अनि सम्मान हुन्छ, त्यो हाम्रो देशमा कहिले आउने हो कुन्नि ?,’ प्रियंकाले फेसबुक स्ट्याट्स पोस्ट गरेकी छिन्। अन्य फिल्मकर्मीले पनि राष्ट्रिय अवार्डको गरिमा नबचेको प्रतिक्रिया दिएका छन्। केकीले पनि ‘मसान’मा आफ्नो सहायक भूमिका रहेको भन्ने कुरा आज मात्र थाहा भएको भन्दै व्यग्य गरेकी छिन्।

फोटो ग्ल्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

रमाइलो त के हो भने न हरेक बर्ष कुनै निश्चित विधामा पुरस्कार राखिएको थियो, न पुरस्कारका जुरी समारोहमा नै उपस्थित भएका थिए। जसका कारण अवार्ड माथि अझ धेरै प्रश्न चिन्ह उठेको छ। चर्चित नायिका रेखा थापा भने अवार्डमै सरिक भइनन्। उनले राष्ट्रिय अवार्डभन्दा व्यक्तिगत भागवन्डाजस्तो लागेर सहभागी नहुने घोषणा गरेकी थिइन्। आफ्नो फिल्म ‘काली’लाई पनि अवार्डमा सहभागी गराइनन्।

पुरस्कार वितरण पश्चात राष्ट्रपति यादवले सम्मानित तथा पुरस्कृत फिल्मकर्मीलाई बधाई दिएका थिए भने वरिष्ठ फिल्मकर्मी नीर शाहको स्वास्थ्य लाभको कामना पनि गरेका थिए।

राष्ट्रिय चलचित्र पुरस्कार पाउने फिल्म र फिल्मकर्मी

राष्ट्रिय चलचित्र पुरस्कार २०६७
१. सर्वोत्कृष्ट सम्पादन : विपिन मल्ल (बाटो मुनिको फूल )
२. सर्वोत्कृष्ट कला निर्देशन : निर्जल श्रेष्ठ (कसले चोर्‍यो मेरो मन)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल )
४. सर्वोत्कृष्ट छायाँङ्कन : सञ्जय लामा (बाटो मुनिको फूल )
५. सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (कोही… मेरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : रेखा थापा (बाटो मुनिको फूल )
७. सर्वोत्कृष्ट निर्देशन : सुरज सुब्बा (नाल्बो) (बाटो मुनिको फूल )
८. सर्वोत्कृष्ट फिल्म : बाटो मुनिको फूल (रिदम फिल्मस् प्रा.लि)

राष्ट्रिय चलचित्र पुरस्कार २०६८
१. सर्वोत्कृष्ट सम्पादन : सुरेन्द्र पौडेल (लुट)
२. सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : योगेन्द्र श्रेष्ठ (लुट)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : कर्ण शाक्य (पल)
४. सर्वोत्कृष्ट छायाँङ्कन : विष्णु कल्पित घिमिरे (अन्दाज)
५. सर्वोत्कृष्ट अभिनेता : सौगात मल्ल (लुट)
६. सर्वोत्कृष्ट अभिनेत्री : नीता ढुङ्गाना (मसान)
७. सर्वोत्कृष्ट निर्देशन : उज्वल घिमिरे (अन्दाज)
८. सर्वोत्कृष्ट फिल्म : मसान (नीर सिनेमा प्रा.लि.)

राष्ट्रिय चलचित्र पुरस्कार २०६९
१. सर्वोत्कृष्ट सम्पादन : वनिश शाह (नोटबुक)
२. सर्वोत्कृष्ट श्रृङ्गार : नीमा लामा (धन्दा)
३. सर्वोत्कृष्ट आलेख (पटकथा) : देव नेपाल (मेरो कथा)
४. सर्वोत्कृष्ट गायन : रजिना रिमाल (रिदम – पागल म बन्न सक्छु…)
५. सर्वोत्कृष्ट छायाँङ्कन : पुरुषोत्तम प्रधान (भिजिलान्ते)
६. सर्वोत्कृष्ट अभिनेता : विल्सन विक्रम राई (रिदम)
७. सर्वोत्कृष्ट अभिनेत्री : झरना थापा (फेसबुक)
८. सर्वोत्कृष्ट निर्देशन : दिनेश डिसी (मायाज् बार)
९. सर्वोत्कृष्ट फिल्म : नोटबुक (प्रज्ञा फिल्मस् प्रा.लि.)
१०. साँस्कृतिक फिल्म पुरस्कार : सुम्निमा (एभरेष्ट कल्चर एण्ड मिडिया एकेडेमी)

राष्ट्रिय चलचित्र पुरस्कार २०७०
१. सर्वोत्कृष्ट सम्पादन : लोकेश बज्राचार्य (कर्कश )
२. सर्वोत्कृष्ट छायाँङ्कन : गौरिशंकर धुँजु (शिरीषको फूल )
३. सर्वोत्कृष्ट गीत लेखन : कृष्णहरि बराल (नाई नभन्नु ल २ – मर्ने कसैलाई….. )
४. सर्वोत्कृष्ट सङ्गीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २ – यी आँखामा तिमी छौं….)
५. सर्वोत्कृष्ट लेखन (पटकथा) : विनोद पौडेल (साँघुरो )
६. सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला )
७. सर्वोत्कृष्ट अभिनेता : शुशांक मैनाली (साँघुरो )
८. सर्वोत्कृष्ट निर्देशन : दीपा बस्नेत (अन्तराल )
९. सर्वोत्कृष्ट फिल्म : साँघुरो (समीर मैनाली प्रोडक्शन )
१०. साँस्कृतिक फिल्म पुरस्कार : कुसुम (श्री शेर्पा

SUBSCRIBE 👉