‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिनालाई ‘मिस एलिगेन्स’ टाईटल

श्रीलङ्कामा आयोजना भएको ‘मिस वर्ल्ड टुरिजम २०२३’ मा नेपालकि सजिना खनालले ‘मिस एलिगेन्स’ टाईटल हात पार्न सफल भएकी छन्। प्रतियोगीतामा २८ देशका सुन्दरीहरुको सहभागीता रहेको प्रतियोगीतामा उनले आफुलाई टप टेन भित्र उभ्याउदै उक्त उपाधि हात पारेकी हुन्।


नेपालको प्रतिनिधित्व गर्दै श्रीलङ्कामा आयोजित ‘मिस वर्ल्ड टुरिजम २०२३’ मा सजिना खनालले ‘मिस एलिगेन्स’ टाईटल जितेकी छिन्। प्रतियोगितामा उनले आफुलाई टप टेन भित्र उभ्याउदै उक्त उपाधि जित्न सफल भएकी हुन्। प्रतियोगीतामा २८ देशका सुन्दरीहरुको सहभागीता थियो।

प्रतियोगीतामा नेपाली पहिरन, कला संस्कृतिमार्फत आफुले नेपाल चिनाउन सफल भएको छु – खनालले खुसी हुदै बताइन्। ‘प्रतियोगीताको सिकाई र अनुभव अगामी दिनको यात्रा अगाडि बढ्न सहयोग पुग्ने विश्वास लिएकी छु। मैले पाएको मंचलाई सदुपयोग गरेर पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने कोसिस गरेंको छु, खनालले भनिन्।

श्रीलङ्काको कोलम्बोमा १२ दिन आयोजना भएको प्रतियोगीता हालै सम्पन्न भएको हो। सर्लाहीकी २२ वर्षीया खनाललाई उक्त प्रतियोगीतामा इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्टले ‘मिस वर्ल्ड टुरिजम नेपाल’को उपाधि सहित पठाएको हो।

श्रीलङ्का उड्नु अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती र खानेपानी मन्त्री महिन्द्र राय यादवले उनलाई मन्त्रालयमा भेट्दै जितको शुभकामना समेत दिएका थिए ।

CHEK OUT THE PHOTO STORY HERE

SUBSCRIBE 👉