विवादास्पद चलचित्रले जित्यो ओस्कार पुरस्कार


नागरिक अधिकारको पक्षमा लेखिएको विवादास्पद हलिउड चलचित्र ‘ग्रीन बूक’ले यस वर्षको ओस्कार स्वर्णपदक जितेको छ। अल्फोन्सो कुआरोनको चलचित्र ‘रोमा’लाई पछि पार्दै ‘ग्रीन बूक’ले ओस्कार जितेको हो।

यो चलचित्रमा सन् १९६० को दशकमा संयुक्तराज्य अमेरिकाको दक्षिण क्षेत्रमा बसोबास गर्ने एकजना गोरा ड्राइभर र काला जातिका पियानो बादकबीचको प्रेममय सम्बन्धलाई कथावस्तुमा समेटिएको छ।

ग्रीन बूकका पियानोबादकको भूमिकामा रहेका माहेरशाला अलिले उत्कृष्ट सहयोगी पात्र तथा ड्राइभरको भूमिका निर्वाह गर्ने भिग्गो मोर्टसेनले उत्कृष्ट नायकको पुरस्कार पाए। चलचित्रले पाँच वटा विधामा पुरस्कार प्राप्त गरेको छ।

‘यो चलचित्रको पूरै कथावस्तु प्रेमसँग जोडिएको छ। हामीबीच मतान्तर रहेपनि यसमा एकअर्काप्रति स्नेहभाव छ र हामी को हौं भन्ने सत्य उद्घाटित छ। हामी सबै एक हौं’, हलिउडमा आयोजित पुरस्कार वितरण समारोहमा निर्देशक पिटर फारेलीले बताए।

कथामा समेटिएका शर्ले र लीप दुबै असाध्यै मिल्ने साथी थिए, र उनीहरु दुबैको सन् २०१३ मा निधन भएको थियो ।

Green Book – Official Trailer [HD] / You Tube / Universal Pictures

SUBSCRIBE 👉