बेलायतको एस्तो गाउँ, जहाँका मानिसहरु लुगा लगाउँदैनन्


बेलायतमा एउटा यस्तो एक गाउँ छ, जहाँ बस्ने मानिसले कपडा नै लगाउँदैनन्। बेलायतको हर्ठफोर्डशायरस्थित बि्रकेटवुडमा एउटा सानो गाउँ छ, जुन गाउँको नाम हो स्पीलप्लाट्ज। यो गाउँका मानिस पूर्णरुपमा निर्वस्त्र रहन्छन्, त्यो पनि अत्याधुनिक जिवनशैली र ठाँटबाँटका साथ। यो गाउँमा पछिल्लो ८५ वर्षदेखि मानिसहरु निर्वस्त्र बस्दै आएका छन्। महिला हुन् वा पुरुष, केटाकेटी हुन् वा बुढाबुढी वा तन्नेरी सबै नांगै बस्दछन्। यहाँ सम्म कि यो गाउँमा आउने पाहुना समेत निर्वस्त्र बस्नु पर्छ।

खासमा यो गाउँमा रहेका घरहरु भाडामा लिएर बस्नका लागि पर्यटकहरु समेत यहाँ आउँदछन्। यहाँ आउने पर्यटकहरुले समेत गाउँमा रहून्जेल नांगै बस्नुपर्दछ र गाउँका अन्य नियम पनि पालना गर्नुपर्दछ। गाउँलेहरुको आफ्नै पव, स्मिमिङ पुल, बंगला तथा खानपिनको व्यवस्था छ। यहाँ मानिसहरु पूर्णरुपमा प्रकृतिमा समाहित भएर बाँच्दछन्। मानिसहरुलाई ठण्डी याममा कपडा लगाउने स्वतन्त्रता चाहीँ दिइएको हुन्छ। सन् १९२९ मा इसुल्ट रिचर्डसन नामक व्यक्तिले यो गाउँ पत्ता लगाएका थिए।
DAILYSTARMIRRORDAILYMAIL

SUBSCRIBE 👉