मिठाई शौखिन हुनुहुन्छ ? मुख त मिठीयला तर स्वास्थ्य बिग्रिएला!


मिठाईको मुख्य स्रोत मानिने दूध जनावरजन्य उत्पादन भएकाले यसमा स्याचुरेटेड फ्याट बढी हुन्छ। दूधले पनि मोटोपन र ब्याड कोलेस्टेरोल बढाउने भएकाले यो मासुझैँ स्याचुरेटेड फ्याट भएको खाद्यपदार्थ हो। वयस्क मानिसका लागि दूध खानु अनिवार्य हुँदैन, नखाँदा पनि फरक पर्दैन। दूधको तुलनामा दही राम्रो मानिन्छ। दूधबाट दही बन्ने क्रममा हुने रासायनिक परिवर्तनले दही स्वास्थ्यका लागि तुलनात्मक रूपमा राम्रो मानिन्छ। अन्य दृष्टिकोणबाट हेर्दा पनि मिठाई स्वास्थ्यका लागि उपयोगी मानिँदैन।
sweets

मिठाईमा प्रयोग हुने दूधमा उच्च मात्रामा स्याचुरेटेड फ्याट हुन्छ। चिनीले पनि स्वास्थ्यलाई असर गर्छ। घ्यूले पनि क्यालोरी र कोलेस्टेरोल बढाउँछ। खाने तेलमा अनस्याचुरेटेड फ्याट हुने भएकाले प्रयोग गर्न मिले पनि ज्यादा प्रयोग उपयुक्त मानिँदैन। यी तीनवटै चिज मिठाईमा प्रयोग हुने भएकाले यसले स्वास्थ्यलाई फाइदा गर्दैन। मिठाई सकेसम्म कम प्रयोग गर्नुपर्छ। मासु खाने व्यक्तिले मिठाई खानु हुँदैन। मिठाई खानुपरे रसवरी उपयुक्त हो। किनकि, यसमा तेल–घ्यूको प्रयोग हुँदैन र गुलियो पदार्थ निचोरेर फ्याँक्न पनि सकिन्छ।

SUBSCRIBE 👉