शाकाहारीका लागी अव बजारमा भेजीटेरियन कण्डम


बजारमा विभिन्न खालका कण्डम पाइन्छन्। तपाईलाई अनौठो लाग्न सक्छ। बजारमा अब ‘शाकाहारी’ कण्डम पनि पाइनेछ। सस्टेन नेचुरल ब्रान्ड नामबाट ‘शाकाहारी’ कण्डम बजारमा आएको हो। शाकाहारीका लागि उक्त कम्पनीले सस्टेन कण्डमको क्यासिन (casein) ल्याएको दाबी गरेको छ।

क्यासिन एउटा यस्तो मिल्क प्रोटिन हो जसको प्रयोग साधारणतया अन्य ल्याटेक्स कण्डममा हुने गर्दछ। यसका साथै यो कण्डम पर्यावरण अनुकूल पनि छ। शाकाहारी कण्डमको प्रयोगपछि फ्याकिएको कन्डमले माटोलाई विषालु बनाउँदैन।

सस्टेन न्याचुरलका सह–संस्थापक मिका होलन्डर भन्छन्, ‘सस्टेन कण्डम’मा प्रयोग हुने ल्याटेक्स दक्षिण भारतमा बनाइने रबरबाट बनाइएको हो।’ उनका अनुसार साधारणतया मानिसहरू आफ्नो खाना र मेकअपमा प्रयोग हुने सामग्रीको विषयमा सचेत हुने गर्दछन्। तर, कण्डम जस्तो उपयोगी प्रडक्टको विषयमा उनीहरू सचेत हुँदैनन् जसको प्रयोग हाम्रो शरीरको सबैभन्दा अन्तरंग अंगमा हुने गर्छ।

नाइट्रोसमिन क्यान्सर जन्माउने एक सामग्री हो जसको प्रयोग अन्य साधारण कण्डमको ब्रान्ड र मेकअप सामग्रीमा हुने गर्दछ। सस्टेन कण्डम नाइट्रोसमिन मुक्त छ।

SUBSCRIBE 👉