आफ्नो शरीर स्लिम र आकर्षक बनाउन आपनाउनुहोस् यी सरल उपाय


भागदौडले भरिएको जीवनशैलीमा आफ्नो फिटनेसबारे निकै कम मानिस सजग हुन्छन्। यस्तोमा तौल बढ्ने समस्या हुन थाल्छ। यसबाट बच्नका लागि व्यस्त दैनिकीमा पनि केही टिप्स अपनाएर तौल घटाउन सकिन्छ।

कागती पानीः बिहान उठ्ने बित्तिकै दैनिक एक गिलास मनतातो कागती पानी पिउनुहोस्। यसले पाचन क्रिया बलियो हुनुका साथै तौल घटाउनमा पनि सहयोग गर्दछ।

ब्रेकफास्ट: ब्रेकफास्ट खाने समय जसरी पनि निकाल्नुहोस्। खाना खान ढिला हुँदा पनि यसले शरिरमा ऊर्जाको स्तरलाई कायम राखेको हुन्छ जसका कारण मेटाबोलिजम (फ्याट बर्निङ प्रोसेस) माथि नराम्रो असर पर्दैन।

स्न्याक्स: काम गरिरहेका बेला उच्च क्यालोरीयुक्त स्न्याक्स नखानुहोस्। यसले शरिरमा फ्याट कम गर्न सहयोग गर्नेछ।

सलाद: दिउँसो जतिबेला खानुहुन्छ सलादको मात्रा धेरै खानुहोस्। यसले पेट चाँडै भरिन्छ जसका कारण हामी अतिरिक्त खानबाट बच्छौं।

ग्रिन वा ब्ल्याक टी: काम गरिरहेका बेला धेरै दुध वा चीनि भएको चिया नखानुहोस्। त्यसको साटो ब्ल्याक वा ग्रिन टी दिनमा दुई वा तीन पटक खानुहोस्। यी दुबैले तौल घटाउन सहयोग गर्दछ।

पर्याप्त सुत्नुहोस्ः दिनभरीको काम पछि दैनिक कम्तीमा ७ घण्टा सुत्नुहोस्। यसले भोक बढाउने हर्मोनलाई बढाउँदैन भने तौल घटाउन पनि सहयोग गर्दछ।

थोरै टहल्ने गर्नुस्ः अफिस समयमा हरेक एक वा दुई घण्टापछि १० मिनेट टहल्नुहोस्। यसले खाना सही तरिकाले पच्ने गर्दछ भने तौल घट्नेछ।

तनाव कम लिनुहोस्ः कामका बेला तनाव कम लिनुहोस्। तनाव धेरै लिँदा शरिरमा भोक जगाउने हर्मोनको स्तरमा वृद्धि हुन्छ। तौल घटाउनका लागि योगा र ध्यानको सहयोग लिनुहोस्।

SUBSCRIBE 👉