इम्युनिटी पावर बढाउन यस्तो खानालाई प्राथमिकता दिनुस्


प्रतिरोधात्मक शक्ति बढाउन हामीले कार्बोहाइडेट, प्रोटिन, भिटामिन मिलाएर खानुपर्छ। घरमा भइराख्ने अण्डा, तरकारी दाल गेडागुडी, दूध, दही माछा, मासु खान्छौं। भिटामिन सी जसले इम्युनिटी पावर बढाउँछ, त्यसका लागि कागती खान सक्छौं। हुन त प्रतिरोधी क्षमता बढाउने फलमा अमला, किबी, अम्बा, जुनार र स्ट्रोबरी पनि लिन सकिन्छ।

त्यसैगरी ब्रो काउली, पालुंगो, पालक, गोलभेंडा लिन सक्छौं। प्राकृतिक एन्टिभाइटिका रूपमा लसुन, अदुवा बेसार हामी दिनदिनै खाने कुरामा राख्न् गर्छौ। लसुनले हाम्रो रक्त सञ्चारलाई सन्तुलन गर्छ। अदुवाले दुखाइ कम गर्ने र शरीर स्फुर्त राख्ने काम गर्छ। बेसारले बाह्य संक्रमणलाई निस्तेज पार्न वा कोषहरूको क्षयीकरण रोक्नमा मद्दत गर्छ।

सकेसम्म दैनिक रूपमा गेडागुडी, अन्न उमारेर प्रयोग गर्न सक्यो भने त्यसले इम्युनिटी पावर विकास गर्छ। त्यस्तै प्रोटिनमा् बदाम, आल्मन, काजु, चना, टुसा उमारेको गेडागुडी आउँछ त्यसैगरी भिटामिन ईले हाम्रो छालालाई स्वस्थ राख्न प्रयोग गर्छ।

यसका लागि गाढा हरियो सागपात, सूर्यमुखीको बियाँ, एभोकाडो, ब्रोकाउली, पालुंगो प्रयोग गर्न सक्छौं। भिटामिन बी ६ले रक्तकोसिकाको उत्पादन गर्छ। सूर्यमुखीको बियाँ, चना, दूध यसमा पर्छ। यो पनि दैनिक नै प्रयोग गर्न सकिने खानेकुरा हो।

दही, चिज, गुन्द्रुकले पाचनलाई राम्रो गराउँछ। आयुर्वेदमा एन्टिभाइरल खानेकुरा भन्छौं, जसले भाइरललाई रोक्छ । हरियो लसुन, ताजा अदुवा, जेठीमदु टिमुर यिनीहरूलाई एन्टिभाइरलका रूपमा लिन्छ। अर्को भनेको श्वास–प्रश्वास राम्रो गर्ने खानेकुरामा गाउँघरमा असुरो पाइन्छ। त्यसलाई थोरै मात्रामा प्रयोग गर्न सकिन्छ।

मरिच, पिप्ला, अदुवा, पाँच औंले, यार्सागुम्बा, अशोकगन्धा यिनीहरूलाई श्वास–प्रश्वास राम्रो गर्ने औषधिका रूपमा गाउँमा प्रयोग गर्न सक्छौं। अर्को कीटनाशक अर्थात् रक्तशोधन गर्ने। रगतलाई सफा राख्ने। गुर्जु, चिराइतो, गुम्पाती । गाउँमा यी सबैजसो पाइन्छन्। ३२ मसला, ११ मसला, ७ मसला भन्ने विविध मसला प्रयोग गर्छौं त्यो पनि हाम्रो लागि एकदमै राम्रो हुन्छ। – साप्ताहिक

SUBSCRIBE 👉

यो पोस्ट साथीहरुलाई पनि सेयर गर्नुहोस्
Ads Blocker Image Powered by Code Help Pro

ADS BLOCKER DETECTED !

We have detected that you are using extensions to block ads on our website. Please support us by disabling the ads blocker.