अब आकाशमै हनिमुन! एयरलाइन्सले दियो प्लेन भित्रै शारीरिक सम्बन्ध बनाउने अफर


हनिमुन, त्यो पनि आकाशमा। कति अनौठो, कति मजा र पक्कैपनि नव जोडीका लागि यो गजबको अफर हुनसक्छ। किनभने जीवनमै एक पटक मनाइने हनिमुन रोमाञ्चक र अविश्मरणिय होस् भन्ने चाहना सबै नव दम्पतिको हुने गर्छ। यस्तो अफर अहिले केही एयरलाइन्स कम्पनीले दिन थालेका छन्। एक एयरलाइन्स कम्पनीले यात्रुलाई आकासमै शारीरिक सम्बन्ध बनाउने अफर दिएको छ। अमेरिकी प्राइभेट एयरलाइन्स कम्पनी फ्लेमिंगो एयरले आफ्ना यात्रुका लागि यस्तो अफर दिएको हो। कम्पनीले ‘२९१३ माइल हाई क्लब’ को नामबाट यो सेवा दिन थालेको हो। २० बर्षदेखि हवाई यात्राको सुविधा दिइरहेको कम्पनीले यो अफरको फाइदा उठाउन यात्रुले आफ्नो खल्ती पनि खुकुलो पार्नुपर्छ।

यो सुविधा लिनका लागि यात्रुले करि ४ सय ९६ डलर खर्च गर्नुपर्छ। फ्लेमिंगो एयर कम्पनीका अनुसार केही बर्षयता हजारौं नव दम्पतीले जहाजभित्र हनिमुन मनाइसकेका छन्। यसका लागि प्लेनले सिट हटाएर ठूलो बेड बनाएको छ। त्यहाँ दुईवटा सिरानी छ। जहाज उडाउनका लागि एक पाइलट हुने नै भए। अहिले अरु एयरलाइन्सले पनि यस्तै अफर ल्याउन थालेको छ। त्यस्तैमा छ ‘लभ क्लाउड’। यसले आफ्ना ग्राहकलाई लोभ्याइरहेको छ।

SUBSCRIBE 👉