‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, गर्भवती, तेस्रोलिंगी तथा जुनसुकै तौलका ले प्रतिस्पर्धा गर्न पाउने

सौन्दर्य प्रतियोगिता ‘मिस यूनिभर्स नेपाल २०२३’मा विवाहित, अविवाहित, गर्भवती महिला, तेस्रोलिंगी सबैले प्रतिस्पर्धा गर्न पाउनेछन्। सहभागी हुन १५ जून देखि ३ अगस्टसम्म आफ्नो नाम दर्ता गरिसक्नु पर्नेछ। ग्रान्ड फिनाले ८ सेप्टेम्बरमा हुनेछ।


पर्यटन बोर्डमा पत्रकार सम्मेलन गर्दै उमंग क्रियसन प्रा लि ले ‘मिस यूनिभर्स नेपाल २०२३’ सौन्दर्य प्रतियोगीता चौथो संस्करणको आयोजना गर्ने बताएको छ।साथै यो प्रतियोगिताकोलागी आवेदन खुला गरिएको छ। ‘मिस यूनिभर्स नेपाल २०२३’को विजेताले ‘७२ औं मिस यूनिभर्स’को भव्य मञ्चमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछ।

‘मिस यूनिभर्स नेपाल’मा सहभागी हुन चाहने प्रतियोगीको उचाई र तौलको मापदण्ड गरिएको छैन। यस्तै, यो प्रतियोगीतामा ट्रान्स वुमन, गैरआवासीय नेपाली, विवाहित महिला तथा आमाहरुले समेत सहभागीता जनाउन सक्नेछन्।

यो प्रतियोगीतामा सहभागीता जनाउन चाहनेहरुले जुन १५ देखि अगष्ट ३ सम्म नाम दर्ता गर्न सक्नेछन्। सहभागीता जनाउनका लागि मिस यूनिभर्सको वेवसाइटमा वा खल्ती एप प्रयोग गरि आफ्नो नाम दर्ता गर्न सकिनेछ।

४ अगष्टमा क्वाटरफाइनल र १४ अगष्टमा सेमिफाइन लिस्टको घोषणा गर्ने बताईएको छ। मिस यूनिभर्सको फाइनलमा पुग्नका लागि निर्णायकहरुको स्कोर र फ्यानको भोटले महत्वपूर्ण भूमिका खेल्नेछ। सेप्टेम्बर ८ मा ‘मिस यूनिभर्स नेपाल २०२३’को घोषणा गरिने जानकारी गराइएको छ।

विजेताले क्राउन र इलेक्ट्रिक स्कुटर पुरस्कार प्राप्त गर्नेछिन्। मुख्य टाईटल विजेताले नोभेम्बर १८ मा एल साल्भाडोरमा आयोजना हुने ‘७२ औं मिस यूनिभर्स’मा नेपालको प्रतिनिधीत्व गर्दै विश्वकै चर्चित सौन्दर्य प्रतियोगीताको ताज जित्ने अवसर पाउनेछ। प्रतियोगितामा विजेतासँगै चार उपविजेता पनि घोषणा गरिने भएको छ। प्रतियोगीताको कोरियोग्राफी फेशन कोरियोग्राफर प्रशान्त ताम्राकारले गर्ने भएका छन्।

SUBSCRIBE 👉