फिगर स्केटिङ: बरफ माथी खिलिने ग्ल्यामरस खेल [तस्विरहरु]


फिगर स्केटिङ सम्भवत सबैभन्दा आकर्षक खेलकुद प्रतियोगितामा पर्छ। बरफको माथी ब्लेड भएको जुत्ता लगाएर आकर्षक नृत्य गरेर खेलिने यो खेल हिउँदे ओलम्पिकको पनि सर्वाधिक आकर्षक खेल मानिन्छ। यसपटक दक्षिण कोरियामा आयोजना भैरहेको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि फिगर स्केटिङका खेलाडीहरुले लगाएको ड्रेस, त्यसको डिजाइन र कलर कम्बिनेसनले निकै चर्चा पाईरहेको छ।

यो खेलको आकर्षक भनेकै खेलाडीहरुले आफ्नो इच्छा अनुसारको ड्रेस लगाउन पाउनु पनि हो। यसरी खेलाडीहरुले आफुलाई आकर्षक देखाउन बिशेष डिजाइन गरेको ड्रेस लगाउने हुनाले प्रदर्शन पिच्छे विविधता र ग्ल्यामर पनि देखिने गर्छ।

अझ यो खेलमा महिला र पुरुष खेलाडीले जोडीको रुपमा संगितको तालमा कुनै कथा बुन्दा हेर्ने दर्शकलाई स्वर्गको अभाष मिल्ने गरेको छ। यसपटक आयोजना भएको हिउँदे ओलम्पिक प्रतियोगितामा पनि धेरै खेलाडीहरुले आफुलाई आकर्षक देखाउने प्रयास गरे। उनीहरुको यो प्रयासले हिउँदे ओलम्पिक प्रतियोगितालाई ग्ल्यामरस बनायो।

SUBSCRIBE 👉