दुध चिया जिब्रोलाइ काइदा, कालो चिया शरिरलाई फाइदा


कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि न्यून मात्रामा पाइन्छ। बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ।

Black-Tea-Good-For-Health

कालो चिया पिउनाले हुन्छन यी फाइदाहरु
मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित रुपमा कालो चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ। यसले गर्दा कालो चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज लाग्ने सम्भावना कम हुन्छ।

डाइरिया रोक्छ
कालो चियामा भएको क्षारीय गुणका कारण पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ।

दमका रोगीलाई आराम
तातो झोलपदार्थले प्रायजसो दमका रोगीहरुलाई आराम दिन्छ। यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ।

पाचन समस्या सकारात्मक असर
यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन्।

कोलेस्टेरोल घटाउँन मद्दत
अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा जसले नियमित रुपमा कालो चिया सेवन गर्छ, उसमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो। यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ।

स्तन क्यान्सर हुन दिँदैंन
कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ। यस्तै ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि त्यसले स्तन क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ।

SUBSCRIBE 👉