जुवली शेर्पाले जितिन् ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज

१७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज जुवली शेर्पा जितेकी छिन्। उनले नेपालमा आयोजना हुने ‘मिस नेपाल २०२४’ प्रतियोगितामा सिधै भाग लिन पाउने छिन्।


अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज जुवली शेर्पा जितेकी छिन्। बिजेता बनेकी जुवली शेर्पाले १७ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को ताज पहिरन सफल भएकी हुन्। उनले नेपालमा आयोजना हुने ‘मिस नेपाल २०२४’ प्रतियोगितामा सिधै भाग लिन पाउने छिन्।

यसैगरि फर्स्ट रनरअप रजिला बास्तोला र सेकेन्ड रनरअप इसा सुवेदी भएका छन। ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ मा क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए।

‘अर्को पुस्तालाई सशक्तिकरण गर्न नेपाली महिलाहरूलाई सशक्तिकरण’ भन्ने मूल नारा दिइएको ‘मिस नेपाल नर्थ अमेरिका २०२३’ न्यूयोर्कको मेलरोज बलरुममा आयोजन गरिएको एको थियो। यो प्रतियोगीताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो। ‘मिस नेपाल नर्थ अमेरिका’ को आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन।

‘मिस नेपाल नर्थ अमेरिका २०२३’ को लागी नेपालबाट नायिका प्रियका कार्की, आयुष्मान देशराज जोशी, मिस नेपालका सॅस्थापक सभापति दिवाकर राजकर्णिकार, सुप्रिया श्रेष्ठ, रेश्मा घिमिरे, शुभेक्षा खड्का, सदिक्षा श्रेष्ठ लगायतका पाहुनाहरुको उपस्थिति थियो।

निर्णायकको भूमिकामा नायिका प्रियंका कार्की, आयुशमान देशराज जोशी, दिवाकर राजकर्णिकार, रेश्मी घिमिरे, मम्पी घोष लगायतका ११ जना रहेका थिए।
प्रतियोगिताको कोरोयोग्राफी पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ गरेकी थीइन। अफिसियल फोटोग्राफर नाम्लो ईभेन्टस्का बिक्रान्त मान श्रेष्ठ रहेका थिए।

SUBSCRIBE 👉