
उमंग क्रियसनको आयोजना गर्न लागेको ‘मिस युनिभर्स नेपाल २०२३’ प्रतियोगीताको अन्तिम प्रतिस्पर्धाकोलागी २२ जना प्रतिस्पर्धीहरु चयन भएका छन्।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै पाँच सय जना प्रतिस्पर्धी मध्ये २२ जना अन्तिम प्रतिस्पर्धाकोलागी चयन गरिएको बताईएको हो। जसमा देश विदेशमा रहेका नेपाली महिला सुन्दरीको सहभागिता रहेको थियो। २२ जना मध्ये दुईजना विवाहित महिला र एक जना ट्रान्स छन्।
‘मिस युनिभर्स नेपाल २०२३’ को अन्तिम प्रतिस्पर्धा भदौं २३ गते गोदावरीको कन्फेन्स सेन्टरमा हुने, उमंग क्रियसनले बताएको छ। ‘मिस युनिभर्स नेपाल २०२३’ को कोरियोग्राफी प्रशान्त ताम्राकारले गर्दैछन्। विजेताले नोभेम्बरमा एलसाल्वा डोरमा हुने हुने मिस युनिभर्समा नेपाललाई प्रतिनिधित्व गर्नेछिन्।









