सलिनाले पहिरिन् मिस ग्राण्ड वर्ल्ड नेपालको ताज


पाँच अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा नेपाली प्रतिभाशाली सुन्दरीहरुको सहभागिता सुनिश्चि गर्दै मिस ग्राण्ड नेपाल २०२३ को फाइनल प्रतिस्पर्धा भव्यता पूर्वका राजधानी शहरमा सम्पन्न भएको छ। जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा सम्पन्न सो प्रतियोगितामा सलिना नेपालले मिस ग्राण्ड वल्र्ड नेपालको ताज पहिरिन सफल भइन्।

उपाधि विजेता भएसंगै उनले विद्युतिय स्कुटर पुरस्कार स्वरुप प्राप्त गरिन्। प्रतियोगितामा प्रशंसा उप्रेतीले फेश अफ ब्युटी इन्टरनेसनल नेपाल, करुणा दाहालले मिस औरा इन्टरनेसनल नेपाल, ब्रिटिना आलेले मिस ग्रान्ड युनिभर्सल नेपाल तथा लक्ष्मी बुढा मगरले मिस ग्लोबल इन्टरनेसनल नेपालको ताज पहिरिएसंगै आ-आफ्नो उपाधिको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको तर्फबाट सहभागिता जनाउने अवसर प्राप्त गरेका छन्। पाँचै जना विजेताले नगद पुरस्कार, एक लाख बराबरको थान्का, नेपाली चलचित्रमा अभिनय गर्ने अवसरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।

आर.के. इन्टरटेन्मेन्ट ग्रुपको आयोजनामा संचालन भएको सो प्रतियोगितामा प्रिति शाक्य तथा सेन्ट्रल फेसन हबका फेसन डिजाइनरहरुले वार्डरोब तयार पारेका थिए। प्रतियोगिताको कोरियोग्राफी र संचालन संचारकर्मी एवं फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका हुन्।

प्रतियोगितामा विभिन्न प्रदेशगत विजेता अनुसार सुदुर पश्चिम प्रदेश अनुशा मदै, कर्णाली प्रदेश लक्ष्मी बुढा मगर, लुम्बिनी प्रदेश ब्रिटिना आले, बागमती प्रदेश सब्बु महर्जन, मधेश प्रदेश ज्योति गिरी, कोशी प्रदेश दृष्टि मगरलाई विजेता चयन गरिएको थियो।

SUBSCRIBE 👉