‘टाइटन फिल्म फेस्टिभल’, अष्ट्रेलियामा ऋचा शर्मालाई उत्कृष्ट अभिनेत्रीको अवार्ड


अभिनेत्री ऋचा शर्माले अष्ट्रेलियाको प्रतिष्ठित ‘टाइटन फिल्म फेस्टिभल’मा उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। सर्ट फिल्म ‘ब्लड मनी’बाट उनले यो अवार्ड जितेकी हुन्। अन्तिम प्रतिस्पर्धामा इजरायलकी शिरा फरबर, अमेरिकाकी केटी ओ’निल र भारतकी तनिष्ठा चटर्जीलाई पछाडी पार्दै पहिलो अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भइन। यो वर्ष सय भन्दा बढी सिनेमा प्रतिस्पर्धामा थिए।

यस अघि ‘ब्लड मनी’ ले ओल्ड फिल्म कार्निभल, ह्वाइट पर्ल्स इन्टरनेशनल फिल्म फेस्टिभल र अथ्वीकवरुणी इन्टरनेशन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। फिल्ममा ऋचा शर्मा, अशोक तिमल्सिना, मिथिला शर्माको मुख्य भूमिका रहेको छ। पारिवारिक आर्थिक अवस्थाले विदेशिएका युवाको कथा समेटिएको करिब २८ मिनेट लामो यो फिल्म युट्युबमा हेर्न सकिन्छ।

साउदी अरबमा अपराधको कसुरमा जेल सजाय भोग्न बाध्य श्रीमान्‌को श्रीमतीको भूमिका उनले निर्वाह गरेकी हुन्। फिल्ममा अभिनेत्री मिथिला शर्माले आमा र अशोक तिमल्सिनाले पतिको भूमिका निर्वाह गरेका छन्। फिल्मका लेखक तथा निर्देशक पनि तिमल्सिना नै हुन्।

‘टाइटन फिल्म फेस्टिभल’, अष्ट्रेलियामा उत्कृष्ट अभिनेत्रीको अवार्ड जित्न सफल फिल्म हेर्नुहोस्

SUBSCRIBE 👉