सुपर हिट नेपाली चलचित्र “छक्का पन्जा” नोभेम्बर १० तारिक देखि युएईका विभिन्न शहरमा रहेका ८ सिनेमा भवनमा प्रदर्शन हुने भएको छ। दीपाश्री निरौला निर्देशित चलचित्र “छक्का पन्जा” मा दीपकराज गिरी, प्रियंका कार्की, शिवहरि पौडेल, केदार घिमिरे ‘माग्नेबुढा’, जितु नेपाल, बुद्धि तामाङ, वर्षा राउत लगायतका कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रले गरिवीका कारण विदेशिन वाध्य आम-नेपालीको व्यथा र पारिवारिक विचलन उजागर गरेको छ।
चलचित्र “छक्का पन्जा”को सो नोभेम्बर १०, ११ र १२ तारिकका लागि सम्पूर्ण तयारी सकिएको वितरक कम्पनि कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालका राजन अधिकारीले बताए। युएईको स्थानीय वितरकसँग सहकार्य गरी कन्सेप्ट भिजनले नेपाली चलचित्रलाई वैधानिक रुपमा अक्टोबर १४ तारिक देखि नियमित प्रदर्शन सुरु गरेको हो।
युएईमा नियमित नेपाली चलचित्र प्रदर्शनमा पहिलो चलचित्र “बीर बिक्रम” ले सफलता पाएपछि हौसिएको कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपाल वितरक सालिक सुबेदीले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा फैलाउन पहल गरिरहेको बताए। यो कम्पनीले अब छिट्टै नै कतार, बहराईन, ओमन र थाइल्याण्डमा पनि नेपाली चलचित्र प्रदर्शन गर्ने तयारी गरिरहेको सुबाश सिंह ठकुरी (अनिश)ले बताए।
नेपाली चलचित्रको बजार बिस्तार एबम नेपाली कला सस्कृतिको प्रचार प्रसारमा सहयोग गर्न कन्सेप्ट भिजन फिल्म प्रोडक्शन एण्ड डिष्ट्रिव्युटर्स नेपालले नेपाल चलचित्र प्राविधिक संघ संग सहकार्य गर्दै डिसेम्बर २३ तारिकका दिन युएई, दुबईमा नेफ्टा अवार्ड (नवौ संस्करण) आयोजना गर्दै छ।
कहाँ कहाँ कुन समयमा चल्दैछ “छक्का पन्जा” लिस्ट हेर्नुहोस
बरदुबईको क्यारिफोर सिटीसेण्टरको भोक्स सिन्धगा सिनेमा हलमा
१० नोभेम्बर , बिहिबार राती ९ बजे (पहिलो शो) । ११ नोभेम्बर , शुक्रबार साझ २ बजे (दोश्रो शो)
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (तेश्रो शो) । ११ नोभेम्बर , शनिबार राती ९ बजे (चौथो शो)
१२ नोभेम्बर , शनिबार राती ५ बजे (पाचौ शो) । १२ नोभेम्बर , शनिबार राती ११ बजे (छैठौ शो)
अलकुजको बलिउड सिनेमा अलकोज मलमा
११ नोभेम्बर , शुक्रबार साझ ४ बजे (एक शो मात्र)
नेसनल सिनेमा हमदान अबुधाबीमा (H & Mको पारीपट्टि)
१० नोभेम्बर , बिहिबार राती ९ बजे (पहिलो शो) । ११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (दोश्रो शो)
१२ नोभेम्बर , शनिबार राती ८ बजे (तेश्रो शो)
ग्रान्ड सफिर सिनेमा, सफिरमल मुसफा अबुधाबीमा
११ नोभेम्बर ,शुक्रबार दिउँसो १ बजे (पहिलो शो) । ११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (दोश्रो शो)
स्टार सिनेमा हल अलऐन मलमा
१० नोभेम्बर , बिहिबार राती ९ बजे (पहिलो शो) । ११ नोभेम्बर , शुक्रबार साझ ४ बजे (दोश्रो शो)
रसअलखेमाको गल्फ सिनेमा
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (एक शो मात्र)
अजमानको सिटी सेन्टरको भोक्स सिनेमा हलमा
११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (एक शो मात्र)
फुजेराहको सिटी सेन्टरको भोक्स सिनेमा हलमा
१० नोभेम्बर , बिहिबार राती ९ बजे (पहिलो शो) । ११ नोभेम्बर , शुक्रबार साझ ५ बजे (दोश्रो शो)