सामाजिक कार्यका लागि ‘नेपाल फेसन एरा २०१६’


नेपाल फेसन हाउस र सगरमाथा फाउण्डेसनले संयुक्त रुपमा ‘नेपाल फेसन एरा २०१६’ को आयोजना गर्ने भएको छ। भाद्र ३१ गते होटल अन्नपूर्णमा आयोजना हुने फेसन एरा २०१६ को सोमबार पत्रकार सम्मेलन गर्दै जानकारी गराईएको छ। सो फेशन कार्यक्रमका लागि ३३ जना मोडलहरुको छनोट समेत गरिएको छ।

Nepal-Fashion-Era-1

दोलखा जिल्लामा लोपन्मुख थामी जातिको संग्राहलय निर्माण गर्ने मुख्य उद्देश्यका साथ उक्त फेसन एरा आयोजना हुन लागेको सगरमाथा फाउन्डेसनका डिरेक्टर अर्जुन भट्टले बताए। उनले भने – ‘निजि संस्थाहरुलाई पनि सामाजिक उत्तरदायित्व बहन गर्न सहयोग होस् भन्ने हेतुले गर्न लागिएको हो।’

Nepal-Fashion-Era-2

पछिल्लो समयका डिजाइनरहरुको लागि राम्रो व्यवसायिक स्थान होस् भन्ने हेतुले समेत शो आयोजना हुन लागेको नेपाल फेसन हाउसकी संचालक एवम डिजाइनर बिभु न्यौपानेले बताईन साथै यस्ता कार्यक्रम लाई निरन्तरता दिने समेत उनले जानकारी दिईन।

SUBSCRIBE 👉