भोयाज् अफ क्रिएसन : होटल अन्नपूर्णमा फेशन डिजाइनरहरुको मुल्यांकन


फेसन डिजाइनरहरु, जसको कल्पनाशीलता र सृजनाशीलताले यो शुक्रबार अर्थात् भदौ ३० गते एक अर्कासंग प्रतिस्पर्धा हुँदैछ। भोयाज् अफ क्रिएसन नामक फेसन डिजाइनरहरुको प्रतिस्पर्धा, जहाँ उल्लेखीत नामहरुले कपडा, रंग तथा विभिन्न सामाग्रीहरु मार्फत् प्रदर्शन गरिएका विविध पहिरन शैलीलाई उनीहरुको सोच, कल्पना, सृजनात्मकता, डिजाइन आदिका आधारमा मुल्यांकन गरिनेछ। भोयाज् अफ क्रिएसनको यो तेस्रो श्रृङ्खला हो।

दरबारमार्ग स्थित होटल डेला अन्नपूर्णमा संचालन हुने भोयाज् अफ क्रिएसन नामक उक्त फेसन डिजाइनरहरुको प्रतिस्पर्धा नेपाल इन्स्टिच्युट अफ फेसन, नीफको आयोजना र श्रेष्ठ इभेन्ट्स प्रा.लि.को व्यवस्थापनमा संचालन हुन लागेको हो। सो प्रतिस्पर्धामा ३१ जना फेसन डिजाइनरहरु १६ वटा सिक्वेन्स मार्फत् प्रतिस्पर्धाको मैदानमा उत्रनेछन् भने उनीहरुका सृजनालाई १२ युवती र ६ जना युवा मोडलहरुले प्रदर्शन गर्नेछन्।

संचारकर्मी एवं कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफी रहने सो कार्यक्रमको हरेक सिक्वेन्समा ७ वटा पहिरन शैली समेटिनेछन् जस मध्ये एउटा मास्टरपीसका रुपमा विशेष पहिरन हुनेछ। आयोजक पक्षका अनुसार जरदोजी बुटीकका अमितेश कर्णका पहिरनहरुले कार्यक्रमको शुभारम्भ गरिनेछ जसमा विभिन्न क्षेत्रका महिला सेलिब्रेटीहरुले र्याम्प नाप्नेछन्।

उदयीमान फेसन डिजाइनहरुका फेसन डिजाइनिङ सम्बन्धी कला, सीप, सृजनालाई मंच प्रदान उनीहरको प्रतिभालाई विस्तारित र व्यवसायिक स्वरुप प्रदान गरी उनीहरुको आत्मविश्वास अभिवृद्धि गर्नका लागि भोयाज् अफ क्रिएसन संचालन गरिंदै आएको आयोजकले उल्लेख गरेको छ।

फेसन डिजाइनरहरु : जेनु श्रेष्ठ र शोभा महर्जन, दिप्ना पून र अल्फा वाजि, न्युदिना राई, प्रमिन शाक्य, दुश्यन्त रुम्दाली राई र करिष्मा राई, दावा जाङ्बु शेर्पा, बिजय कहर र प्रतिक्षा ढकाल, सुबिक्षा अर्याल र लक्की सुनुवार, उषा रिजाल, अस्मिता गहतराज र अन्जली लामा, हिसि हिरा तुलाधार, आरती खड्का र इदिना महर्जन, अस्मिता राई, एनी लामा र अनु भुजेल, लक्ष्मी थापा मगर र अमृता थापा मगर, सिमोन श्रेष्ठ, वसन्त बुढा, सन्ध्या माझी र मन्दिरा श्रेष्ठ, ललिता लिम्बु, लक्ष्मी श्रेष्ठ र सबिना रेग्मी।

SUBSCRIBE 👉