फेशन शोमा अभिनेत्री स्वस्तीमा, अशिस्मा र मलिना


हायत रिजेन्सी होटल शुक्रबार राती फेसनले झकिझकाउ भयो। एकपछि अर्काे सिक्वेन्समा मोडलहरु र्याम्पमा प्रस्तुत हुँदा दर्शक निकै रोमान्चित देखिए। राजधानीका उत्कृष्ट र ब्यवसायीक ६ दजर्न मोडलहरु देखिएको फेसन शोमा बिभिन्न सिक्वेन्समा तयार पारिएका पोशाकहरु प्रदर्शन गरिएको थियो। लेहेंगा, साडी, जिन्स आइटम, वान पिस र गाउँनका नौला तथा सुन्दर डिजाइनमा मोडेल निकै आकर्षक र ‘हट’ देखिन्थे।

आइइसी कलेज अफ फेसन एण्ड आर्ट आयोजक रहेको ‘आइइसी डिजाइनस् रनवे सेसन ७’ नामक फेसन शो करिब ३ घन्टा चलेको थियो। आइइसी कलेज अफ फेसन एण्ड आर्टमा अध्यायनरत २०१७ मा पास आउट ५१ बिद्यार्थीले तयार पारेका बिभिन्न १३ थिमका राष्ट्रिय तथा अन्तराष्ट्रिय डिजाइनहरु प्रदर्शन गरिएको थियो।

पुर्व मिस नेपाल समेत रहेकी मोडल माल्भीका सुब्बाले संचालन गरेको फेसन शोमा अभिनेत्री स्वतीमा खड्का, अशिस्मा नकर्मी, मलिना जोशी लगायत सो स्टपर थिए। फेसन शोका लागि राजधानीमा अडिसन गरेर मोडहरु छानिएको थियो। यो फेशन सोको कोरियोग्राफी प्रशान्त ताम्राकारले गरेका थिय।

फोटो ग्यालरी गर्नुहोस् – आईसी डिजाइनर विद्यार्थीहरुको आकर्षक सृजनाहरु (फेसन शो)

Mesmerizing IEC Designer’s Runway 7

SUBSCRIBE 👉