झमेलमा खुल्यो मधुशमा


काठमाडौं । नाइटलाइफका लागि गन्तव्य बनिरहेको झमेल नया“ रेष्टुरेन्ट सञ्चालनमा आएको छ । भदौ १ गतेदेखि ‘मधुशमा’ नामक रेष्टुरेन्ट प्रारम्भ भएको हो ।
Manila Shotangप्रत्येक सा“झ साढे पा“च बजेवाट सुरु हुने रेष्टुरेन्टले विभिन्न परिकारका साथै सांगीतिक खुराक समेत पस्कनेछ । यहा“ नेपाली युगल गायनका चर्चित जोडी उदय र मनिला सोताङले सांगीतिक प्रत्यक्ष प्रस्तुती दिनेछन् । उदय यस रेष्टुरेन्टका प्रवन्ध निर्देशक समेत हुन् । दरवारमार्गमा अवस्थित ‘मधुशाला’ रेष्टुरेन्ट पछि उदयले दोस्रो रेष्टुरेन्ट ‘मधुशमा’ सञ्चालनमा ल्याएका हुन् । अक्सर आफ्नो सोलो गीति एल्वममा ‘म’ शब्दवाट नाम जुराउने उदयले रेष्टुरेन्टको नाममा पनि सोहि शब्दवाट सुरु हुने नाम जुराएका हुन् ।

मधुशमामा उदय र मनिलास“गै अर्का चर्चित गायक सुरेशकुमारले पनि गाउनेछन् । ‘तिमी मेरो जिन्दगीको किरण’, ‘प्रिये तिम्रो सम्झना’ जस्ता उनका गीत निकै चर्चित छन् । सा“झ साढे पा“चवाट सुरु हुने रेष्टुरेन्ट राती ११ वजेसम्म सुुचारु हुनेछ । पूर्ण पारिवारिक वातावरण, आकर्षक इन्टेरियर, सांगीतिक प्रस्तुती र फरक स्वादका परिकार यो रेष्टुरेन्टको विशेषता हुन् । पर्याप्त पार्किङ सुविधायुक्त यस रेष्टुरेन्ट ९० जना सिट क्षमताको छ । रेष्टुरेन्टको मेनुमा मौलिक नेपाली परिकारदेखि, इन्डियन, चाइनिज तथा कन्टिनेन्टल परिकार उपलव्ध छ ।

रेष्टुरेन्टको शुभारम्भ सञ्चारकर्मी भुषण दाहाल र वरिष्ठ गायक दीप श्रेष्ठले केक काटेर गरेका थिए ।

SUBSCRIBE 👉