इन्ड अफ समर २०१५ फेसन नाइट


शुक्रबार साँझ ‘’इन्ड अफ समर २०१५’ फेसन नाइट सो सम्पन्न भएको छ। कार्यक्रम नेक्स्ट मोडल्स नेपालले आयोजना गरेको हो। कार्यक्रममा पुरुष तथा महिलाले लगाउने बिभिन्न डिजाइनका पहिरन मोडलहरुले र्याम्पमा प्रस्तुत गरेका थिए। कार्यक्रममा महिलाले लगाउने का वान पिस देखी सारीसम्म र पुरुषका टिसर्ट पाइट देखि सुट पिससम्म प्रस्तुत गरिएको थियो।

end of summer night१० महिला र १२ पुरुष मोडलले रबि धमला र मनिष राउतको कोरियोग्राफिमा डिजाइनर सुजन लामा, आरती थापा, बिष्णु पौडेलका पहिरनहरुको साथमा र्याम्पमा वल्क गरेका थिए। कार्यक्रममा दि अडेप्टर ब्याण्डले सांगीतिक प्रस्तुति दिएको थियो।

गर्मी मौसममा बजारमा चलेका फेसनेवल पहिरन र नेपाली जगतमा भित्रिएको ग्ल्यामरलाई फेसन सो मार्फत प्रस्तुत गर्नु कार्यक्रमको मख्य उदेश्य रहेको आयोजक संस्थाका अध्यक्ष रबि धमालाले बताए।

SUBSCRIBE 👉