जाडो मौसम तताउन ‘फ्रेजेन एन्जल्स’ फेसन शो हुँदै


राजधानीमा चिसो मौसम झन् गहिरो हुँदै जाँदा माहोल तताउने फेशनसोहरु आयोजना हुन थालेका छन्। यसै क्रममा आगामी मंसिर १२ गते शुक्रबार होटल मल्लमा ‘फ्रेजेन एन्जल्स’ नामक फेसन शोको आयोजना हुने भएको छ। मोनार्च ईभेन्ट तथा सुमी ईन्टरटेन्मेन्टले आयोजना गर्न लागेको यो फेशन शोमा तेन्जिङ टेस्टिन भुटिया, शंकर महर्जन, भेल्भेट बुटिक, मिन्क गुरुङ लगायत डिजाईनरहरुको बिशेष पहिरनमा हट मोडलहरु र्‍यापमा उत्रिने छन्।

fashion show in nepalफेशन शोको तयारी अन्तिम चरणमा पुगेको आयोजक संस्थाली जानकारी दिएको छ। फेशन सोका लागि गत असोज-कार्तिक महिनामा मोडलहरुको छनौट गरिएको थियो। सोहि अडिसनमा सहभागी मोडलहरुबाट छनोट भएका मोडलहरुले फेसन शोमा सहभागिता जनाउदै छन। फेशन शोमा अनुपमाअौर गुरुङ, माला लिम्बु र भिन्तुना जोशीले शो स्टपरको रुपमा प्रस्तुत हुँदै छन्।

SUBSCRIBE 👉