सिटी सेन्टरमा दश नायिकाहरुको क्याट-वल्क


कायरा बुटिकले शनिवार कमल-पोखरीस्थित सिटी सेन्टरमा आयोजना गर्न लागेको ‘कायरा रन वे-४’ शीर्षकको फेशन शोमा दश जना नायिकाहरुले क्याटवाक गर्दैछन्। फेसन शोमा कायरा बुटिकले तयार पारेका पहिरनहरु प्रदर्शन गर्ने नायिकाहरु रिमा विश्वकर्मा, निता ढुंगाना, वेनिशा हमाल, वर्षा राउत, वर्षा शिवाकोटी, सम्पदा बानिया, अशिष्मा नकर्मी, स्वस्तिमा खड्का र छुल्ठिम गुरुङ छन्। नायिकाहरुले एउटा सिक्वेन्सको क्रममा लेहेंगा-चोली तथा वन पिस प्रदर्शन गर्नेछन्।

Nepali Actress in Fashion Showधीरज तण्डुकारले कोरियोग्राफी गर्ने यो फेसन शोमा एक दर्जन व्यवसायिक मोडलहरुका साथै बालबालिकाहरुले पनि क्याटवाक गर्दैछन्। फेसन शोमा विभिन्न ६ वटा सिक्वेन्समार्फत पहिरनहरु प्रदर्शन गरिने कायरा बुटिककी रोजिना श्रेष्ठले बताएकी छिन्। बालबालिकाहरुले दुई वटा सिक्वेन्समार्फत फेन्सी तथा पार्टी वेयर प्रदर्शन गर्नेछन् भने व्यवसायिक मोडलहरुले सारी, लेहेंगा तथा विन्टर वेयरहरु प्रदर्शन गर्नेछन्।

कार्यक्रममा मन्त्र व्याण्डको लाइभ प्रस्तुति रहनेछ भने गायकहरु बालद प्रसाई, कोशिस क्षेत्री, फराज अर्पण, गायिका सुमन गुरुङ आदिले गीत-संगीतमार्फत र कमेडियन महादेव त्रिपाठीको हास्य प्रस्तुति दिनेछन्।

SUBSCRIBE 👉