कायरा बुटिकको पहिरन, हिरोइनहरुको क्याटवाक


काठमाण्डौको चिसो मौसममा पनि २३ गते शनिबार कमलपोखरीस्थित सीटी सेन्टरको माहोल तात्यो। छोटो समयमा नै लोकप्रिय बनेको कायरा बुटिकले आयोजनामा चौथो पटक ‘कायरा रन वे ४’ फेशन सो मा नेपाली चलचित्रका नायिकाहरु तथा मोडलहरु ट्रेडिशनल र मोडर्न पहिरनमा र्याम्पमा उत्रदा सिटि सेन्टरको माहोल तातेको हो। नायिका तथा मोडलहरुलाई कोरियोग्राफर धिरज तन्डुकारले र्याम्पमा उतारेका हुन्।

Fashion-Show-001कायरा बुटिककी प्रमुख तथा फेशन डीजाईनर रोजिना श्रेष्ठका अनुसार बुटिकमा तयार भएका पहिरनको प्रमोशनका लागि नै यो फेसन शो निरन्तर आयोजना गरिएको हो। फेसन शोमा नीता ढुंगाना, वेनिशा हमाल, बर्षा सिवाकोटी, अनु शाह, स्वस्तिमा खड्का, छुल्ठिम गुरुङ, सुरविना कार्की, बर्षा राउत, सम्पदा बाँनिया लगायत विभिन्न मोडल र बालबालिकाहरुले र्याम्पमा क्याट वल्क गरेका थिए।

फेशन सो को फोटो ग्यालरी हेर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉