काठमाडौ । आगामी साउन २५ गतेबाट रिलिज हुन लागेको फिल्म ‘टिनएज’ले आफ्नो प्रचारप्रसारको समय शुरु गरेको छ । फिल्म युनिटले राजधानीमा मंगलबार पत्रकार सम्मेलन गर्दै फिल्म दर्शकमाझ आउन लागेको जानकारी दिएको हो ।
फिल्मका निर्देशक दिनेश पाख्रिनले फिल्ममा युवाहरुको वास्तविक प्रेमकथा भएको बताए । उनले फिल्मले युवाहरुलाइ सस्कार सिकाउने बताए । निर्देशक पाख्रिनले आफ्नो चलचित्रमा अधिकांश नयाँ कलाकार भएपनि सबै कलाकारले पर्फेक्ट काम गरेको बताए ।
फिल्ममा नरेशवीर सिं, प्रतिक्षा खड्का, सरोज शाह, एन्जिला खड्गी, सरिता राजोउपाध्याय, अजय खड्का, माया मगरलगायतको अभिनय छ । विरु मगर, चिनीमाया वाइवा, देविका खड्का र बुद्धिमान स्याङतान निर्मलले निर्माण गरेको फिल्ममा विकास चौधरीको संगीत छ ।