मेरी कोमपछि नयाँ फिल्ममा सुनिल थापा


Sunil-Thapa-Nepali-Actorग्ल्यामर नेपाल, काठमाडौं ।
बलिउड फिल्म ‘मेरी कोम’मा अभिनेत्री प्रियंका चोपडाको बक्सिङ गुरु बनेका अभिनेता सुनिल थापाले अर्को फिल्ममा पनि काम गर्ने भएका छन् ।

भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको संक्षिप्त कुराकानीमा सुनिलले उक्त कुराको खुलासा गरेका हुन् । ‘मैले बलिउडको एक ठूलो व्यानरमा काम गर्नका लागि साइन गरिसकेँ,’ उनले भनेका छन्,‘तर फिल्मको बारेमा अन्य कुरा बताउन चाहन्नँ ।’ उनले नेपाली ढाका टोपी लगाए ओस्कार अवार्डमा सहभागी भएर अवार्ड जित्ने चाहना व्यक्त गरेका छन् । ‘म नेपाली टोपी लगाएर ओस्कार अवार्ड जितेको हेर्न चाहन्छु ।’ उनले भनेका छन् ।

नेपाली दर्शकले जहिले पनि आफुलाई ‘भिलेन’को रुपमा हेर्न चाहेको दाबी गरेका छन् । सुनिल यशराज फिल्मस्को व्यानरमा बन्न लागेको फिल्ममा अनुबन्ध भएको हुनसक्ने अनुमान गरिएको छ ।

SUBSCRIBE 👉