हङकङमा कोहिनूरको थप शो रोक्न माग


Kohinoor-Movieग्ल्यामर नेपाल, काठमाडौं ।
भएको सम्झौता विपरित हङकङमा फिल्म ‘कोहिनूर’ को थप शो चलाउन प्रचार भएपछि फिल्मका निर्माता चन्द्रप्रसाद श्रेष्ठले शो रोक्न माग गर्दै नेपाल चलचित्र निर्माता संघमा निवेदन दिएका छन् । निवेदन बुझ्दै अध्यक्ष राजकुमार राईले सम्झौता विपरित ‘कोहिनूर’ को थप शो हङकङमा नगर्न संस्थागत पत्र सम्बन्धित पक्षलाई पठाउने प्रतिबद्धता जाहेर गरे ।

निवेदनमा नेपाः मुभिज प्रा.लिको ब्यानरमा निर्मित सफल फिल्म ‘कोहिनूर’ हङकङमा एक शो प्रदर्शनको लागि मिति १७ सेप्टेम्बर २०१४ मा निर्मली डाँडा ८ खोटाङ स्थायी ठेगाना भएको जितेन्द्र राईसँग युएनलङ थिएटर, युएनलङ, हङकङमा २६ अक्टोवर २०१४ मा प्रदर्शन गर्ने शर्तमा सम्झौता भएको र सोही मुताबिक भव्यताका साथ शो भए पनि पुनः अर्को शो नोभेम्वर १६, २०१४ मा हुने भनी प्रचार गरिएको उल्लेख गरिएको छ ।

निवेदनमै अर्को शोको लागि नोभेम्वर १६, २०१४ को लागि बुटवल रुपन्देही बस्ने निर्मल कार्कीसँग मिति २८, अक्टोवर २०१४ मा सम्झौता भएको हो, तर प्रथम शो गर्ने जितेन्द्र राईले २६ अक्टोवर २०१४ अगाडीदेखि दोश्रो शो गर्ने पक्षले प्रचारप्रसार गरि घाटा बनाएको हुनाले कि त घाटा निर्माण पक्षले ब्याहोर्न होइन भने जर्बजस्ती गरेर भएपनि नोभेम्वर १६ मा नै दोश्रो शो देखाई छाड्ने भनि विवाद श्रृजना गरि प्रचार प्रसार गरिएको प्रमाण प्राप्त हुन आएकोले विवाद समाधान पहल गरिदिनु हुन विनम्र अनुरोध गरिएको छ ।

स्व.श्रीकृष्ण श्रेष्ठको अन्तिम फिल्म ‘कोहिनूर’ ले नेपालमा ऐतिहासिक व्यापार गरेको थियो । स्व.श्रीकृष्ण र पत्नी अभिनेत्री श्वेता खड्काको मुख्य भूमिका रहेको फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।

SUBSCRIBE 👉