प्रमोद र नम्रताको मिलेको केमिस्ट्री ‘चल वतास चल’ – नयाँ म्युजिक भिडियो रिलिज


गायक प्रमोद खरेलको स्वरमा ‘चल वतास चल’ बोलको नयाँ डान्सिङ्ग गीत रिलिज भएको छ। यो गीतमा गायक खरेल आफै मोडलको रुपमा देखा परेका छन्। भिडियोमा उनलाई मोडल नम्रता सापकोटाले साथ दिएकी छिन्। यस अघि रिलिज भएको प्रमोदको यस्तै डान्सिङ्ग गीत ‘झुम्कावाली’ले निकै चर्चा कमायो। ‘झुम्कावाली’मा नायिका प्रियंका कार्कीले अभिनय गरेकी थिइन्।

Namrata-Sapkota-Pramod-Kharel

गीतमा शितल कादम्बिनीको शब्द छ। अर्जुन पोखरेलले संगीत भरेको गीतमा भीमफेदी गाईजको उत्कृस्ट नृत्य हेर्न सकिन्छ। भीमफेदी गाइजले गायक खरेललाई समेत मज्जाले नचाएका छन्। यो म्युजिक भिडियोको निर्देशक दिपक आचार्य हुन्। अर्जुन तिवारीले खिचेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्।

हेर्नुहोस् भिडियो – प्रमोद र नम्रताको मिलेको केमिस्ट्री

SUBSCRIBE 👉