‘क्लोथ नेपाल’ले फेशन अवार्ड आयोजना गर्ने


नेपालमा पहिलो पटक फेशन अबार्डको आयोजना हुने भएको छ।

Fashion-Designer-of-Nepal

बिगत ४ बर्ष देखी नेपाली फेशन बजारमा अनलाईन सेबा दिदै आएको ‘क्लोथ नेपाल’ले पहिलो पटक नेपाली डिजाइनरहरुलाई समेट्दै फेशन अबार्ड आयोजना गर्नेभएको छ। बार्ड बारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाली फेशन डिजाइनर बिश्ब गौतमले नेपाली फेशन डिजाईनरकालागी यो राम्रो अबसर भएको र नेपाली फेशन डिजाइनले बिश्ब बजार पाउन सम्भाबना बढ्ने बताए।

आयोजक संस्था क्लोथ नेपालका प्रमुख रधु थापाले नेपाली फेशन डिजाइनर र डिजाइन लाइ बिश्ब बजारमा पुर्यउन सक्ने सम्भाबना रहेको उल्लेख गरे।

Cloth-Nepal

सेक्टेम्बर १७मा हुने अवार्ड कार्यक्रममा नेपाली चर्चित १० मोडलहरुले १०० जना नेपाली डिजाइनर बाट छानीएका ५ फरक फरक डिजाईन प्रस्तुत गर्ने छन्। यो कार्यक्रमको कोरियोग्राफी बिपिन गुरुङले गर्नेछन्।

यस अधि पनि नेपालमा फेशन डिनाइनरहरु विच प्रतिस्पर्दा भएको भए पनि अबार्ड कै रुपमा आयोजना हुन लागेको यो पहिलो पटक हो।

SUBSCRIBE 👉