पोखराकी टेनिसा रानालाई मिस युके नेपाल २०१६ को ताज


पोखराकी टेनिसा राना मिस युके नेपाल २०१६ कि विजेता भएकी छिन। ५ औें मिस युके नेपाल २०१६ प्रतियोगितामा रानाले निर्णायकले सुन्दतरताको परिभाषाबारे सोधेको प्रश्नको उत्कृष्ट उत्तर दिदै मिस युके नेपाल २०१६ को ताज पहिरिन। उनले उत्तर एस्तो थियो “कोही पनि मानिस पूर्ण हुनसक्दैन, सबैको कमी कमजोरी हुन्छ। जसले कमजोरीलाई जितेर भित्री सौन्दर्यमा निखार ल्याउँदै अघि बढ्न सक्छ उही नै साँचो अर्थमा सुन्दर हुन्छ।”

Miss-UK-Nepal-2016

टेनिसालाई नायिका प्रियंका कार्कीले बधाई दिंदै ताज पहराई दिईन् ८ सय पाउण्डको चेक पनि हस्तान्तरण गरिन्। टेनिसाले मिस ट्यालेन्ट् एवं मिस ब्युटी प्याजेन्ट टाईतल पनि जितिन। २० बर्षीया टेनिसा हाल लण्डन मेट्रोपोलिटेन विश्वविद्यालयमा मेडिकल डिग्रीको पहिलो बर्षमा पढ्दै छिन।

प्रतियोगितामा प्रशंसा लिम्बु फष्ट रनरअप भइन्। उनले मिस पर्सनालिटी र मिस क्याट वाकको उपाधी पनि जितिन। विभिया श्रेष्ठ सेकेण्ड रनरअप भईन्। उनले मिस पब्लिक च्वाइसको उपाधी पनि जितिन। फष्ट रनरअप लिम्बुलाई ५ सय पाउण्डको चेक र सेकेण्ड रनरअप श्रेष्ठलाई ३ सय पाउण्डको चेक हस्तारण गरिएको थियो।

नायिका प्रियंका कार्की यो प्रतियोगिताको कोरियोग्राफर तथा प्रशिक्षक हुन्। उनले प्रतियोगीहरुलाई दुई सातासम्म प्रशिक्षण दिएकी थिइन्। प्रतियोगितामा ८ जना प्रतिस्पर्धीहरु एलिसा गौचन, मेग्ना गुरुङ, टेनिसा राना, कल्पना निँयुरे, प्रसंसा लिम्बु, विभिया श्रेष्ठ, सुनिता भण्डारी र आरती गुरुङ सहभागी थिए।

निर्णायक मण्डलमा भने खेलकुद क्षेत्रबाट एनआरएन युकेका राष्ट्र राई, पत्रकारिताबाट पत्रकार महासंघ युके शाखाका सभापति नरेश खपाङ्गी मगर, सामाजिक क्षेत्रबाट मोडल प्रशुना कँडेल, शिक्षा क्षेत्रबाट युनिभर्सिटी अफ ससेक्सकी लेक्चरर् डा प्रियंवदा पौड्याल, व्यवसायी कमल भण्डारी र मिस युके नेपाल २०११ का बिजेता गौमाया गुरुङ रहेका थिए।

SUBSCRIBE 👉