पुजा गिरीलाई नेक्स्ट टप मोडल अफ नेपालको ताज


ललितपुरको गोदावरीकी पूजा गिरीले २० जनाभन्दा बढी प्रतिस्प्रधिलाई पछि पार्दै नेक्स्ट टप मोडल अफ नेपालको ताज चुमेकी छिन्। नेक्स्ट इभेन्ट इन्टरनेसनलले राजधानीको मल्ल होटेलमा आयोजना गरेको मोडलिङ प्रतियोगितामा निर्णायक स्वेता सिंहले सोधेको ‘एक पूर्ण मोडलमा हुनुपर्ने गुणहरु के के हुन्?’ भन्ने प्रश्नमा उत्कृस्ट जवाफ दिदैं पूजाले नेक्स्ट टप मोडल अफ नेपालको ताज चुमेकी हुन्।

Next-top-Model-of-Nepal

नेक्स्ट टप मोडल अफ नेपालको उपाधि विजेता पूजाले नगद ५० हजार रुपैयाँ प्राप्त गरेकी छिन् भने उनले फिचर फिल्म र म्युजिक भिडियोमा अभिनय र मोडलिङको अवसर पाउने आयोजकले जानकारी गराएका छन्।

प्रहरी नायब महानिरीक्षक सुदिप आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगितामा भैसेंपाटीकी साक्षी लम्साल फष्ट रनर्सअपका साथ, बेस्ट ड्रेस,धोबीघाटका सजेष ताम्राकार सेकेण्ड रनर्सअप र पोखराकी रीना गुरुङ थर्ड रनर्सअप भएका छन्।

विभिन्न चरणमा विभाजित प्रातियोगितामा सुर्यम्स धेवाजु बेस्ट पर्सनाालिटी, कुशकुमार श्रेष्ठ बेस्ट वाक, सौगात श्रेष्ठ ट्यालेन्ट अवार्ड, बिना ठकुरी फोटोजेनिक र दिया बस्नेत भिवर्स च्वाईस अवार्डको विजेता भएका छन्।

प्रतियोगितामा पूर्व मिस नेपाल स्वेता सिंह, मोडल दीपक घिमिरे, अभिनेता गजित बिस्ट, मोडल सुमी मोक्तान, युवाब्यबसायी प्रतिक आग्रवाल, पूर्व मिस्टर नेपाल सुरज चीलुवाल निर्णायक रहेका थिए।

SUBSCRIBE 👉