एक साथ एकै स्टेजमा दुई सौन्दर्य प्रतियोगिता !


विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको एएनपी मिडिया हाउसले यस वर्ष मिस नेपाल आइकन २०१६ र टिचर आइकन अफ द इयर २०१६ एकै साथ एकै मञ्चमा आयोजना गर्ने भएको छ।

Miss-Nepal-Icon-2016-Contestant

आगामी असोज ८ गते जमलस्थित राष्ट्रिय नाचघरमा हुने यी दुई प्रतियोगिताअन्तर्गगतको मिस नेपाल आइकन २०१६मा राजधानीका विभिन्न स्थानमा बस्दे आएका १७ जना युवले स्पधर्तीा गर्दैछन्।

त्यसै गरी अर्को प्रतियोगिता टिचर आइकन अफ द इयर २०१६ मा विभिन्न विद्यालयमा अध्यापन गराउँदै आएका १५ शिक्षीकाहरुले अन्तिम स्पर्धाका लागि तयारी गरिरहेका छन्।

Teascher-Icon-of-The-Year-2016-Contestants

आयोजक एएनपी मिडिया हाउसका प्रबन्ध निर्देशक लबबहादर कार्कीले एक अर्काको सहयोगी होउन् र आफुले जानेको ज्ञान साटासाट होस् भने उद्येश्यले दुई प्रतियोगिता एकसाथ एकै मञ्चमा आयोजना गर्न लागिएको बताए। शम्भुप्रसाद रेग्मीको कार्यक्रम संयोजनमा हुने दुबै प्रतियोगिताको कोरियोग्राफी तथा कार्यक्रम सञ्चालन अश्विनी झाले गर्नेछन्।

SUBSCRIBE 👉