मेगा सेभिङ स्टार : अभिनेत्री प्रियंका कार्की र क्रिकेट कप्तान पारस खड्का


मेगा बैंकले अभिनेत्री प्रियंका कार्कीलाई मेगा सेभिङ स्टार नियुक्त गरेको छ। प्रियंका संगै राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई पनि मेगा सेभिङ स्टार नियुक्त गरिएको छ। युवाहरुमा पारस र प्रियंकाको ठूलो क्रेज रहेकाले बैंकले उनीहरु दुवैलाई मेगा सेभिङ स्टारका रुपमा छनौट गरेको हो।

Priyanka-Karki-Paras-Khadka-Mega-Saving-Star

मेगा बैंकले “नानीमा लागेको बानी : आज बचाऔं जिन्दगीभर रमाऔं” भन्ने अभियान घोषणा गरेको छ। यो अभियान सफल पार्न कार्की र खड्कालाइ मेगा सेभिङ स्टार नियुक्त गरेको हो।

मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले यो अभियान शहरदेखि गाउँ गाउँका स्कुलहरु सम्म पुर्याउने बताए। देशका विभिन्न स्थानमा मेगा बैंकका ४५ वटा शाखा कार्यालयहरु सन्चालित छन्।

SUBSCRIBE 👉