१४ प्रतिस्पर्धीहरुलाई पछी पदै दुर्गा थापा मगर ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ बनेकी छिन् । गत शुक्रवार काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा भएको फाइनल कार्यक्रममा दुर्गा थापा मगरले ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को ताजसंगै विभिन्न गिफ्टह्याम्परहरुपनि जितेकी छिन्।
फस्ट रनरअपको ताज हिरा देवी राईले आफ्नो शिरमा पारेकी छिन्, भने सेकेन्ड रनरअपको ताज प्रिया शर्माले जितेकी छिन्। थर्ड रनरअपको उपाधी संगीता कार्कीले आफ्नो पोल्टामा पर्दा फोर्थ रनरअपको उताधी स्नेहा गुरुङले आफ्नो शिरमा पार्न सफल भएकी छिन्।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरेको तेस्रो संस्करणको ‘मिस ब्युटि क्विन नेपाल – २०१६’को सब टाइटलमा बेस्ट ट्यालेन्ट हिरा देवी राई, बेस्ट फोटोजेकिक प्रिया शर्मा, बेस्ट क्यटवल्क सविना दनुवार, बेस्ट स्माइल दुर्गा थापा मगर, बेस्ट डिसिप्लेन सुस्मा गिरी, सोस्ट चार्मिङ तुलसा मगरले जिते । त्यस्तै मोस्ट इन्टेलिजेन्ट संगीता कार्की, बेस्ट स्किन पवित्रा राई, बेस्ट हेयर समिरा पोखरेल, मोस्ट स्मार्ट अस्मिता अधिकारी, मोस्ट एक्टिभ रमिता छवाजु, मोस्ट स्टाइलिस मन्जुसा घले, मोस्ट कन्फिडेन्ट स्नेहा गुरुङ, मोस्ट पपुलर रोशिला दुलाल, बेस्ट पर्सनालिटि स्नेहा गुरुङ र बेस्ट ड्रेस रोशिला दुललाले आ–आफ्नो पोल्टामा पारेका छन्।
फाइनल प्रतियोगीताको निर्णायकहरुमा डा. निर्भाणा थापा, सोनाम राई, बद्री कृष्ण श्रेष्ठ र कविता राई रहेका थिए। ‘मिस ब्युटि क्विन नेपाल – २०१६’ का विजेताहरुलाई आयोजक संस्था एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडा, कोरियोग्राफर हिमानी सुब्बा, पुर्व मिस ब्युटि क्विन नेपालका विनर, निर्णायक, तथा अफिसियल फोटोग्राफर विशाल राईले ताज, ट्रफी र गिफ्टह्याम्परहरु प्रद्धान गरेका थिए।
तस्बिरहरु सौजन्य : विशाल राई