म्युजिक भिडियोमा पुष्प खड्का र प्रियंका कार्कीको पहिलो अनस्क्रिन रोमान्स


गायक रमण रेग्मीले गाएको आधुनिक गीत ‘खुल्ला जमिन…’ म्युजिक भिडियो मार्फत अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन्।

priyanka-karki-pushpa-khadka-music-video-photo-1

आनन्द राईको संगीत तथा दीपक निरौलाको शब्दको उक्त गीतको म्युजिक भिडियो ट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट एकै साथ प्रिमियर गरिएको छ। महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् भने निशान घिमिरे यसका सम्पादक हुन्।

म्युजिक भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

नारायण गोपाल तथा भक्तराज आचार्यको गायनबाट प्रभावित हुँदै सांगीतिक क्षेत्रमा आएका गायक रमण रेग्मी यतिबेला ऑस्ट्रेलियामा छन्। स्कूले जीवनदेखि नै गीत–संगीतप्रति आकर्षित भएका रमणले पछिल्लो समय गायक रामकृष्ण ढकाललाई आफ्नो सांगीतिक गुरु मानेका छन्।

२०५५ सालमै डोरेमी संगीत पाठशालामा संगीतको प्रशिक्षण लिएका रमणले करिव तीन वर्षको संगीतको अध्ययनपछि पहिलो एकल एल्बम ‘समर्पण’ स्रोतामाभ ल्याएका थिए। उक्त एल्बममा रमणले नौ वटा गीत समावेश गरेका थिए। उक्त एल्बमको ‘हुन्छ नि बैंशमा’ गीत लोकप्रिय भएको थियो। पहिलो एल्बम सार्वजनिक गरे लगत्तै उच्च शिक्षा अध्ययनका लागि सन् २००७ मै अस्ट्रेलिया प्रस्थान गरेका गायक रमणले संगीतको सक्रियतालाई जारी राखे।

दुई वर्षअघि दोस्रो एकल एल्बम ‘इन्स्पिरेशन’ लाई अस्ट्रेलियामा नै सार्वजनिक गरेका रमणले उक्त एल्बममा ५ वटा गीत समावेश गरेका थिए। उक्त एल्बममा रमणले रिमेक गरेको गीत ‘घर त लगनखेल…’ लोकप्रिय भएको थियो।

SUBSCRIBE 👉